• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उदय जिएमको नेतृत्वमा महासंघमा जाने प्रगतिशीलको निर्णय

    699
    SHARES

    काठमाडौं । प्रगतिशील पत्रकार संघ, नेपालले संघका अध्यक्ष उदय जीएमको नेतृत्वमा नेपाल पत्रकार महासंघको केन्द्रमा जाने निर्णय गरेको छ । संघको केन्द्रीय समितिको माघ २१ र २२ गते लुम्बिनीको राजधानी भालुबाङमा बसेको बैठकले महासंघको निर्वाचनका लागि सञ्चारसम्बद्ध संघ-संगठनहरुसँग वार्ताका लागि प्रगतिशील पत्रकार संघले वार्ता समितिसमेत गठन गरेको छ ।

    अध्यक्ष उदय जीएमको संयोजकत्वमा श्यामलाल पोखरेल, प्रकाश थापा, गोपाल बराइली र राम सुवेदी सदस्य रहेको वार्ता समित गठन गरिएको सचिब श्याम पोख्रेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रगतिशील पत्रकार संघ नेपालले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब बिनाशर्त उपलब्ध गराउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ ।

    सेवासुविधासहित श्रमजीवी पत्रकारहरुलाई तलब तथा पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दै पारिश्रमिक नदिने मिडिया हाउसहरुलाई दवाव दिने र पारिश्रमिक नदिने मिडिया हाउसहरुलाई प्रगतिशील पत्रकार संघले कारवाहीको माग गरेको छ । प्रगतिशील पत्रकार संघ, नेपाल केन्द्रीय समितिको यही माघ २१ र २२ गते लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै संघका सचिव श्यामलाल पोखरेलले विज्ञप्तिमार्फत त्यस्तो माग गरेका हुन् ।

    कोरोनाका कारण कामबाट निकालिएका पत्रकारहरुलाई काम गर्ने वातावरणसहित काममा फिर्ता बोलाउन आग्रह गरेका छन् । बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्र, प्रदेश र सबै जिल्लाहरुमा सर्वसम्मत बनाउनका लागि पहिलो प्राथमिकता दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । महासंघको नेतृत्व सर्वसम्मत हुन नसकेमा संयुक्त प्यानल बनाउनुपर्ने र संयुक्त प्यानल पनि सम्भव नभएमा प्रगतिशील पत्रकार संघ, नेपालले एकल प्यानल बनाएर महासंघको निर्वाचनमा जाने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यसैगरी प्रगतिशील पत्रकार संघले देशका सबै प्रदेशहरुमा प्रदेश समिति गठन गरी संयोजक र इन्चार्जसमेत तोकेको छ । प्रदेश १ मा गोपाल बराइलीलाई जिम्मा दिइएको छ । प्रदेश २ मा संयोजक हरि सापकोटा र इन्चार्जमा महेश रिजाललाई चयन गरिएको छ ।

    बाग्मती प्रदेश समितिको इञ्चार्जमा प्रकाश थापामगर र संयोजक रमेश पौडल, गण्डकी प्रदेशमा इन्चार्ज रामनारायण सुवेदी र संयोजक तारा शर्मा रहेको विज्ञप्तिमा जानकारी गराइएको छ । त्यस्तै लुम्बिनी प्रदेश समितिको इञ्चार्ज श्यामलाल पोख्रेल र संयोजक मोहन बेल्वासे, कर्णाली प्रदेशमा इञ्चार्ज गिरीप्रसाद बुढामगर र संयोजक जीवन शाही रहेका छन् । सुदूरपश्चिम प्रदेशको इञ्चार्ज विनोद पौडेल र संयोजक केशवनाथ योगीलाई तोकिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ