• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    म्यानमारकी नेतृ आङ सान सुकीलाई घरमै नजरबन्दमा राखिएको खुलासा

    887
    SHARES

    एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको पुष्टि भएको छ। सोमबार म्यानमारमा सेनाले ‘कु’ गरेर राज्यसत्ता कब्जा गरेपछि

    ‘नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)’ कि अध्यक्षसमेत रहेकी सुकीलाई घरमै नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    ‘नेतृ सूकीलाई उनकै घरमा नजरबन्दमा राखिएको छ र स्वास्थ्य सामान्य छ,’ उनका सञ्चार अधिकृत क्यी टोयलाई उद्धृत गर्दै एएफपीले भनेको छ ।

    यस्तै यता एलेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपमा रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका तीन कुटनीतिकलाई देश निकाला गरेको छ ।

    दुई साताअघि रूस प्रहरीले पक्राउ गरी हिरासतमा राखेको नाभेल्नीको समर्थनमा भइरहेका प्रदर्शनमा कुटनीतिज्ञहरू पनि सहभागी भएपछि देश निकाला गरेको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

    देश निकाला गरिएका तीन जनाले जनवरी २३ मा भएको प्रदर्शनमा सहभागि भएको मन्त्रालयको दाबी छ । कुटनीतिज्ञलाई देशनिकाला गरेकोमा युरोपेली युनियन, फ्रान्स र बेलायतले रूसको आलोचना गरेका छन् ।

    यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा जारी युद्धमा अब अमेरिकी समर्थन नरहने घोषणा गरेका छन् । साउदी अरेबियाको नेतृत्वमा यमनमा हुथी विद्रोहीविरूद्ध भइरहेका आक्रामक कारबाहीलाई समर्थन गर्दै अमेरिकाले विक्री गर्दै आएको हतियार पनि अब रोकिने उनले बताएका छन् ।

    द्वन्द्वले मानवीय र रणनीतिक विनाश निम्त्याएको भन्दै बाइडेनले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ । यद्यपि साउदीहरूलाई उनीहरूको भूभाग र सार्वभौमिकताको रक्षाका लागि अमेरिकाले गर्दै आएको सहायता भने जारी राख्ने बाइडेनले प्रष्ट्याएका छन् ।

    छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको बताइन्छ। सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ