• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    रामकुमारी झाँकीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीसामु पुग्यो यस्तो पत्र, हेर्नुहोस कारणसहित

    0.9K
    SHARES

    काठमाडौँ । प्रचण्ड-नेपाल समुहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले  प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

    गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्र ह’त्या गरेको भन्दै प्रक्राउ गरी कारबाहि गर्न माग गरेको हो ।

    ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक ह’त्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरि व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।

    अनेम संघकि नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्था माथि नै अपमानजनक ब्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन् । गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको नेतृ शाक्यले जानकारी दिइन् ।

    ओलीले विप्लवमाथि लगाएको षड्यन्त्रमुलक प्रतिबन्ध हटाउनुपर्छ- प्रचण्ड

    प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वको बिद्रोही नेकपाबिरुद्ध केपी शर्मा ओलीले लगाएको षड्यन्त्रमुलक प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् । प्रचण्डले बिहिबार साझ एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा त्यस्तो धारणा ब्यक्त गरेका हुन् ।

    पत्रकारले ओलीले विप्लवसँग वार्ता गरेर तपाईका बिरुद्ध कार्ड फाल्ने तयारी गरेको देखिन्छ नि ? भन्ने प्रश्नमा प्रचण्डले उक्त बिषयलाई ओलीको नाटक मात्र भएको बताएका छन् । उनले अन्तर्वार्ताका क्रममा भने “ओलीले त्यतिबेला पार्टीसँग छलफल पनि नगरेर सड्यन्त्रमुलक तरिकाले विप्लवबिरुद्ध प्रतिबन्ध लगाउनुभयो । वार्ता गर्नका लागि सबै भन्दा पहिला त ओलीले विप्लवबिरुद्धको प्रतिबन्ध हटाउनुपर्यो नि अनि पो बार्ता हुन्छ ।”

    यता ओली सरकारका मन्त्री मणि थापाले केहि दिन पहिला नक्खु जेल पुगेर बिद्रोही नेकपाका केन्द्रीय सचिवालय सदस्य हेमत प्रकाश ओली ‘सुदर्शन’लाई भेटेर वार्ताका लागि पहल गरेको भन्ने हल्ला चलिरहेका बेला प्रचण्डले त्यस प्रकारको धारणा ब्यक्त गरेका छन् । देशको राजनीतिक संकटको समाधानका लागि बिद्रोही शक्तिसँग छलफल तथा वार्ता गर्नु राम्रो भएको तर त्यसका निम्ति केपी ओलीले नै बाताबरण नबनाएको प्रचण्डले बताएका छन् ।

    अन्तर्वार्ताका क्रममा प्रचण्डले ‘ओली कहिले विप्लवसँग वार्ता गर्छु र शान्तिपूर्ण राजनीतिमा ल्याउछु भन्ने कहिले बामदेब गौतमलाई प्रधानमन्त्री बनाउछु भन्ने केहीले के कहिले के भनेर नागरिकको ध्यान विकेन्द्रित गर्ने तर जे गर्नुपर्ने हो त्यो नगर्ने सड्यन्त्रकारी पात्र’ भएका कारण उनीबाट त्यस्तो वार्ताको कल्पना गर्न नसकिने बताएका छन् । प्रचण्डले ओलीलाई झुटको, बेइमानीको पराकाष्टा नाघेका खलनायक पात्रको संज्ञा दिएका छन् ।

    उनले यस्ता पात्रबाट देशमा शान्ति र स्थायित्व सम्भब नभएकाले त्यस्ता भ्रमपूर्ण कपोकल्पित कुरामा नअल्झिन आम नागरिकलाई अनुरोध गरेका छन् । त्यस्तै उनले बिगतमा बामगठबन्धनको प्रस्ताव पनि आफुले गरेको बताउदै ओलीले त्यसबखत पनि आफ्नो र आफ्नो पार्टीका बिरुद्ध बिरोध गरेको समरण गरे । त्यसबख पनि ओली बामगठबन्धन र पार्टीका बिरोधी रहेको प्रचण्डको भनाइ छ ।

    पार्टी एकताको समयमा पनि आफुले पहिला नै ‘तपाई प्रधानमन्त्री बन्नुहोला तर बाम एकता गरौ’ भनेर प्रस्ताब गरेको खुलासा गरे । मुलत: ओली एकता बिरोधी र देशको गणतान्त्रिक साशन बिरोधी भएको बताएका छन् । यस्तै बामदेब गौतमले एकता अभियान सुरु गरेकोमा शुभकामना ब्यक्त गर्दै प्रचण्डले तत्काल ओलीसँग पार्टी एकता सम्भव नभएको बताएका छन् । ओलीले असंबैधानिक तरिकाले संसद बिघठन गरेको र त्यसपछि पनि एकपछि अर्को असंबैधानिक नियुक्तिहरु पनि गर्दै गएकाले उनिसँग तत्काल एकता सम्भब नभएको बताए ।

    प्रचण्डले नेपाली काँग्रेसलगायतका शक्तिहरुसँग समेत सहकार्य गरेर ओलीको निरङ्कुश साशन ढालेरे छोड्ने बताएका छन् । शेर बहादुर देउवाले आफुसँग मन दुखाएको आफुले थाहा पाएको तर अब भने उनले प्रचण्डको बाध्यता बुझिसकेकाले नेपाली काँग्रेस पनि आफुले भनेअनुसार आन्दोलनमा सहभागी हुने बताएका छन् ।

    ओलीको गलत कदमका बिरुद्ध बिहिबार नेपाल बन्द गर्नु परेको भन्दै प्रचण्डले आउँदा दिनहरुमा समेत थप संघर्षका कार्यक्रम तय गरेर अगाडी बढ्ने बताएका छन् । आफुले लोकतन्त्र र देशको शान्ति कायम राख्न सबै दलहरुसँग भद्र सहमाति गरेर अगाडी बढ्ने नीति लिएका कारण अब देशको राजनीति आफुले सोचे अनुसारकै बाटोमा अगाडी बढ्ने जिकिर पनि उनले गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ