• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेपाल बन्दको पूर्वसन्ध्यामा देशभर कहाँ-कहाँ निस्कियो मशाल जुलुस ?

    1.1K
    SHARES

    जनकपुर । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले देशको राजधानी काठमाडौँसहित देशभर मशाल जुलुस निकालेका छन् । बुधबार साँझ राजधानीको बागबजारमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् ।

    यस्तै उता जनकपुरधाममा मशाल जुलुस निकालेका छन् । नेपाल बन्दलाई सफल पार्न आज साँझ निकालिएको मशाल जुलुश जनकचौकमा पुग्दा प्रहरीले हस्तक्षेप पनि गरेको छ।

    तत्कालिन माओवादी केन्द्रको जनकपुरधाम स्थित पार्टी कार्यालयवाट निकालिएको मशाल जुलुश प्रह्रीले हस्तक्षेप गरि मशाल निभाएका छन् । मशाल निभाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ ।

    सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले भोलि बिहीबार बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।

    केहि दिनपहिले असंबैधानिक तरिकाले संसद विघठन गरेर सत्ता आफ्नो हातमा लिएका केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

    यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ