• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    विष्णु पौडेलको महासचिव पद खोसियो

    1.1K
    SHARES

    काठमाडौँ । नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । त्यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

    बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको हो ।

    यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।

    ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराइएको हो ।

    यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय ओलीले लिएपछि नेकपा विभाजित बनेको छ ।

    यस्तै नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालसहितका शीर्ष नेताहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरेका छन् ।

    कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेका दाहाल- नेपालसहितका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायतका नेताहरूले पार्टीको चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गरेका हुन् ।

    राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आयोगमा वैधानिकताको दाबी पेस गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए। साविकको ४४१ केन्द्रीय सदस्यमा बहुमत २७५ सदस्य आफ्नो पक्षमा रहेको हस्ताक्षरसहित आधिकारिकता पेस गरिएको उनले बताए ।

    समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कार्बाही गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्दै पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भए पनि त्यसले अहिलेसम्म बैधता पाउन सकेको छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया