• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    म्यान्मारमा सैन्य ‘कू’ लगत्तै अमेरिकाले दियो यस्तो कडा चेतावनी

    1.6K
    SHARES

    काठमाडौं । म्यान्मारमा सेनाले सत्ता आफ्नो हातमा लिँदै देशमा संकटकालको घोषणा गरेसँगै विभिन्न देशहरुले प्रतिक्रिया जनाइरहेका छन् ।यसैबीच अमेरिकाले सैन्य कूको आलोचना गरेको छ ।

    ह्वाइट हाउसकी प्रवक्ता जेन पीसाकीले एक वक्तव्य जारी गर्दै हालै सम्पन्न निर्वाचनको परिणाम र म्यानमारको प्रजातान्त्रिक रुपान्तरणलाई बदल्ने कुनै पनि प्रयासलाई अमेरिकाले विरोध गर्ने बताएकी छिन् । वक्तव्यमा त्यस्ता कदम नसच्याए त्यसका लागि जिम्मेवारविरुद्ध अमेरिकाले कदम चाल्ने चेतावनी पनि दिइएको छ ।

    म्यानमार भएको सैन्य ‘कु’ को विश्वभरबाट निन्दा भएको छ । संयुक्त राष्ट्र संघ, अमेरिका, भारतलगायतका लोकतान्त्रिक मुलुकहरूले सेनालाई कदम सच्याउन आग्रह गरिरहेका छन् । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित विपक्षी नेतालाई नजरबन्दमा राखेर सेनाले शासनसत्ता हातमा लिएपछि विश्वभरबाट निन्दा भएको हो ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारमा भएको सैन्य ‘कु’प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । निर्वाचनमा भएको नतिजा स्वीकार गर्न उनले आग्रह गरेका छन् ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सबै सरकारी अधिकारीहरूको तत्काल रिहाइको माग गरेका छन् । ‘अमेरिका बर्माका नागरिकहरुको प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र विकासको चाहनाको पक्षमा छ । सेनाले तत्काल आफ्नो कदम सच्याउनुपर्छ,’ उनले भनेका छन् ।

    अष्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले म्यानमारको सेनालाई कानूनी राजको सम्मान गर्न आग्रह गरेकी छन् । भारतले पनि म्यानमारको घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै कानून र प्रजातान्त्रिक मान्यताको सम्मान गरिनुपर्ने बताएको छ ।

    म्यानमारको सैन्य ‘कु’ बारे यो समाचार तयार पार्दासम्म रूस र चीनले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । घटनापछि टेलिभिजन, इन्टरनेटसहितका आमसञ्चारका साधनहरू बन्द गरिएको छ ।

    म्यानमारमा गत नोभेम्बरमा आम निर्वाचन भएको थियो । उक्त निर्वाचनमा सत्तारुढ पार्टीले अत्यधिक बहुमतसहितको जित हात पारेको थियो ।तर, यो निर्वाचनको नतिजामा भने सेना र उसको राजनीतिक सहयोगी पार्टीहरुले धाँधली भएको जनाउँदै आएका थिए ।

    म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो। बर्माका रुपमा समेत चिनिने म्यानमारकी नेतृ सुकीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो ।

    गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबारका लागि बोलाइएका बेला सूचीसहितका नेतालाई पक्राउ गरि सेनाले सत्ता हत्याएको हो ।

    स्थानीय समय अनुसार सोमबार बिहानै सूचीसहित राष्ट्रपति विन मिन्ट र अरु नेताहरुलाई सेनाले पक्राउ गरेको एनएलडीका प्रवक्ता मिओ निउन्तले समाचार संस्था रोयटर्सलाई टेलिफोनमार्फत बताएका छन् । उनले समर्थकहरुलाई आक्रोश र हतारमा प्रतिक्रिया नजनाउन अपिल गरेका छन् ।

    कानून अनुसार विरोध जनाउन उनले आग्रह गरेको रोयटर्सले जनाएको छ । प्रवक्ता मिओ पनि पक्राउ परेका छन् । राजधानीसहितका शहरमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ । सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि उनीहरुकै घरबाट पक्राउ गरेको छ । आइतबार सेनाले संविधान अनुसार गर्ने बताएको थियो । त्यसलाई सैन्य कू को तयारीका रुपमा लिइएको थियो ।

    नोभेम्बर ८ मा भएको चुनावमा एनएलडीले उपलब्ध मध्ये ८३ प्रतिशत सिटमा जित हाँसिल गरेको थियो । सन् २०११ मा सैन्य शासन अन्त्य भएयताको दोस्रो चुनावलाई सूचीको परीक्षणका रुपमा समेत हेरिएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया