• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    म्यानमारको सैन्य ‘कू’बारे नेपाली काँग्रेसको आधिकारिक धारणा बाहिरियो

    1.4K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसले म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वव्यापी विरोधको जरुरी रहेको बताएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार बिहान ट्विट गरेर म्यानमानरमा भएको सैन्य ‘कू’ को विश्वव्यापी विरोध जरुरी रहेको बताएका हुन् ।

    निर्वाचन निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय भएको उनको भनाइ छ । प्रवक्ता शर्माले रोहिंग्या समुदायमाथि म्यानमारकी नेतृ आङ सान सूकीले देखाएको व्यवहार पनि अमानवीय भएको बताए ।

    उनले लेखेका छन्, ‘म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी l निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय ! यधपी रोहिङ्या समुदायमाथी सुकि सत्ताको ब्यवहारको पुरानो घटना अमानवीय थियोl तर मानवीयताको बाटो फेरिपनी लोकतन्त्रनै हो lहामी हरेक प्रतिगमन विरुद्ध छौं देशमा होस् या परदेशमा ।’

    म्यानमारमा गएराति सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ। सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ।

    आजै बिहान स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले अब शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको बताएको छ।

    यसअघि सोमबार उज्यालो हुन नपाउँदै म्यानमारको सेनाले नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई नियन्त्रणमा लिएको थियो। म्यानमारमा केही समयदेखि सैनिक कू हुने हल्ला चलिरहेको थियो।

    नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको बिबिसीले जनाएको छ।

    गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो। सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै थियो। सेनाले यो बैठक नराख्न भनिरहेको थियो।

    सन् २०१५ को चुनावपछि नै म्यानमारको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थिएन। गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो।

    आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो। म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ