काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले अपिल गरेका छन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।
चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने अध्ययनहरुबाट देखिएको छ । त्यसैले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा बेस हुन्छ ।
बर्डफ्लुको संक्रमण भएमा निमोनिया रुघाखोकी जस्तै लक्षण देखिन्छ । जाडो मौसममा यसले झन् असर गर्न सक्ने भएकाले पन्छी र पन्छीजन्य पदार्थको सम्पर्कमा नजान र सरसफाइमा बढी ध्यान दिन चिकित्सकले सुझाएका छन् ।
बर्डफ्लु कुखुरा, हाँस, टर्की, चराचुरुङ्गी लगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो द्रुत रुपमा फैलिने र ज्यान पनि लिन सक्ने भएकाले यसलाई प्राणातक सरुवा रोगको रुपमा लिइन्छ । बर्डफ्लुका भाइरस मासु, प्वाँख, सिंगान, र्याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेका बोरा लगायतको सम्पर्कबाट सर्छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका-७ मा किसानले पालेका कुखुरा र टर्कीमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि २ हजार बढी पन्छी नष्ट गरिएको छ । यसअघि नै छिमेकी मुलुक भारतमा बर्डफ्लु भेटिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको थियो । पशु सेवा विभागले भारतबाट पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्धसमेत लगाएको छ ।
यी आठ तरकारी र फलफूल जसमा हुन्छ सुन्तलामा भन्दा बढी भिटामिन सी
शरीरका लागि भिटामिन सी निकै महत्वपूर्ण मानिन्छ। भिटामिन सी ले रुघाखोकीलाई रोक्न सक्दैन। तर यसबाट प्राप्त हुने पोषक तत्वले केही मद्दत मात्र गर्ने विभिन्न अध्ययनले देखाएको छ।
भिटामिन सी पाइने विभिन्न फलफूलमध्ये सुन्तला पनि एक हो। सुन्तला चिसोमा पाइने फल हो। सुन्तला मात्र नभई अन्य धेरै फलफूहरु छन्, जसबाट हामीले भिटामिन सी सहजै प्राप्त गर्न सक्छौं।
एउटा मध्यम आकारको सुन्तलामा ६९ दशमलव ७ मिलीग्राम भिटामिन सी हुन्छ, जुन अन्य सामान्य फलभन्दा कम हो। यी आठ प्रकारका तरकारी तथा फलफूलमा सुन्तलामा भन्दा भिटामिन सी को मात्रा धेरै हुन्छ।
रातो खुर्सानी- सुन्तलाभन्दा बढी भिटामिन सी पाइनेमध्ये रातो खुर्सानी पनि एक हो। काटिएको आधा कप या पाकेको पिरो खुर्सानीमा १ सय ७ दशमलव ८ मिलीग्राम भिटामिन सीको मात्रा हुने गर्छ। खुर्सानीलाई पिरो बनाउने क्याप्साइसीनले घुँडा तथा मांसपेशीको दुखाईलाई कम गर्ने द युनिभर्सिटी अफ बफेलोको अध्ययनमा पाइएको छ।
ब्रोकोली- ब्रोकोली धेरैको रोजाईमा पर्ने तरकारी हो। ब्रोकोलीमा भिटामिन सीको मात्रा १ सय ३२ मिलीग्राम हुने गर्छ। फाइबरले भरिपूर्ण यो तरकारीमा मात्र ३० क्यारोली हुन्छ। ब्रोकोलीले सेवनले क्यान्सर जस्तो प्राणघातक रोगलाई रोक्न गर्न मद्दत गर्दछ।
मेवा- नियमित रुपमा मेवा खाँदा हाम्रो शरीरमा धेरै फाइदा हुने गर्छ। मेवाले छालालाई चम्काउनुका सार्थ हड्डीलाई बलियो बनाउन मद्दत गर्दछ। एक कटौरा मेवनको सेवन गर्दा ८८ दशमल ३ मिलीग्राम भिटामिन सी प्राप्त गर्न सकिन्छ।
स्ट्रबेरी- स्ट्रबेरी फललाई मन नपराउने सायद कमै होलान्। स्ट्रबेरीबाट हामीले ८४ दशमलव ७ मिलीग्राम भिटामिन सी प्राप्त गर्न सक्छौं। स्ट्रबेरीले मुटुलाई स्वस्थ राख्न र दातलाई प्राकृतिक रुपमा सेता बनाउन पनि मद्दत गर्दछ।
काउली- चाहे तपाई काउलीलाई भुटेर, स्टीम गरेर या जसरी खानुहोस्। एउटा काउलीबाट १ सय २७ दशमलव ७ मिलीग्राम भिटामीन सी प्राप्त गर्न सकिन्छ। साथै ५ ग्राम फाइबर र ५ ग्राम प्रोटिन पनि काउलीमा हुने गर्छ।
६ भुईकटहर- भुईकटहर एक यस्तो फल हो, जसबाट शरीरलाई धेरै फाइदा हुने गर्छ। भुईकटहरले खाना पचाउन, ब्लोटिङलाई कम गर्न मद्दत गर्दछ। साथै कडा कसरतपछि शरीरलाई छिटो शक्ति प्रदान गर्न मद्दत गर्दछ। भुईकटहरमा ७८ दशमल ९ मिलीग्राम भिटामिन सी हुन्छ।
किवी- किवीमा १ सय ३७ दशमलव २ मिलीग्राम भिटामिन सी हुन्छ। यसका साथै किवीमा पोटासियम र कोपर भरपूर्ण मात्रामा पाईन्छ।
आँप- आप धेरैको रोजाईमा पर्ने फलमध्ये एक हो। आपबाट १ सय २२ दशमलव ३ मिलीग्राम भिटामिन सी प्राप्त गर्न सकिन्छ। आप भिटामिन सी को मात्र नभई भिटमिन ए को राम्रो स्रोत मानिन्छ। भिटामिन सी ले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउनुका साथै आँखालाई पनि स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
प्रतिक्रिया