• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर सुदुरपश्चिम

    धनगढीमा यसरी उर्लियो प्रचण्ड माधवको पक्षमा जनलहर (फोटो फिचर)

    2.2K
    SHARES

    कैलाली। प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका बिरुद्ध नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूह आज कैलालीको सदरमुकाम धनगढीमा जन प्रदर्शन गरेको छ । प्रदर्शनमा सम्बोधन गर्न अध्यक्षद्धय दाहाल र नेपाल कैलाली पुगेका छन् ‍। नेकपाले उक्त प्रदर्शनमा ५० हजार कार्यकर्ता सहभागि हुने दाबी गरेको छ।

    प्रदर्शनपछि हुने सभालाई सम्बोधन गर्न धनगढी पुगेका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई मुख्यमन्त्री भट्टसहितका मन्त्रीले  विमानस्थल पुगेर स्वागत गरेका छन् । सरकारी मन्त्रीहरुसँगै नेकपा सुदूरपश्चिमका ईञ्चार्ज भीम रावल र अन्य नेता कार्यकर्ताहरु पनि विमानस्थलमै पुगेर अध्यक्षद्धय दाहाल-नेपालको स्वागत गरेका छन् ।

    प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल नेपाक समुहले देशभर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। सोही योजना अनुरुप शनिबार कैलालीको धनगढीमा प्रदर्शन कार्यक्रम आयोजना गरिएको हो ।

    यता ओलीको कदमपछि विभाजित भएको नेकपामध्ये कसलाई आधिकारिकता दिने भन्ने निर्णय गर्न नसकेर निर्वाचन आयोग पनि अलमलमा परेको छ। यहि मौकामा नेकपाको एक पक्षले देशभर आफ्नो शक्ति प्रदर्शन गर्दै हिडिरहेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ