• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौँमा बर्ड फ्लू पुष्टि

    5K
    SHARES

    काठमाडौँ । काठमाडौँको एक कुखुरामा फार्ममा पालिएका टर्की र हाँसमा बर्ड फ्लु पुष्टि भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका- ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्ड फ्लू देखिएको हो ।

    त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

    रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी तया रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जनाएको छ ।

    यस क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागले जनाएको छ ।

    विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गराउन आग्रह गरेको छ । फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्वन गर्न, फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पनि विभागले कृषकलाई सूचित गरेको छ।

    सरकारले कुनैपनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न पनि आग्रह गरेको छ ।

    विगत एक महिनाअघि भारतीय सीमा क्षेत्रका विभिन्न राज्यमा बर्ड फ्लु रोग देखा परेको थियो । हाल भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूण प्रतिवन्ध लगाइएको छ भने मुलुकभित्र रोगको सघन निगरानी गरिएको अवस्थामा सरकारको दावी छ ।

    कस्तो माछा–मासु हाइजेनिक हुन्छ?

    विकसित मुलुकमा पशु या पक्षी स्वस्थ छ भनी सम्पूर्ण चेकजाँच गरेर कानमा सुरक्षित ट्याग लागेपछि मात्र वध गर्न योग्य मानिन्छ। यो काम गर्ने अधिकार राज्यको खाद्य प्रयोगशाला तथा सम्बन्धित विज्ञले मात्र पाएको हुन्छ। अस्वस्थ पशुपक्षीलाई छुट्याएर राखिन्छ र उपचार गरिन्छ, या त उपभोग गर्न अयोग्य ट्याग लगाएर छोडिन्छ। तर नेपालमा यस्तो गरेको पाइँदैन।

    नियमपूर्वक छाला, रगत र भित्री भागबाट छुट्याएर सेक्रिगेसन गरी सुरक्षित रुपमा डिप फ्रिजमा भन्डारण गरेर तयार गरेको मासु नै हाइजेनिक मानिन्छ, जुन मिश्रित रुपमा भन्डारण गर्नु हुँदैन। यदि त्यसो गरेमा कन्टामिनेसन हुँदा मासु सुरक्षित हुँदैन। जथाभावी चेकजाँच नगरी काटमार गरेर अव्यवस्थित रुपमा बिक्री–वितरण गरिएको मासुलाई हाइजेनिक मानिदैन। जसले जनस्वास्थ्यमा प्रतिकुल असर गर्छ। दसैंको शुभ अवसर पारेर यहाँ केही प्रमुख नेपाली खानाका पारिकार पस्कने जमर्को गरिएको छ।

    मटन बिरयानी
    सामग्रीः १ केजी खसीको मासु, १ चम्चा बेसार, ६० एमएल तोरीकोे तेल, स्वादअनुसारको नुन, २ चम्चा घिउ, सम्पूर्ण गरम मसला नपिसेको दाना ६० ग्राम, २ चम्चा जिरा धनियाँको धुलो, १ चम्चा खुर्सानीको धुलो, २ चम्चा अदुवा लसुनको पेस्ट, ३ वटा प्याज, एक डाडु दही, १ केजी बिरयानी चामल, १५ ग्राम पुदिनाको पात, एक मुठा धनियाँको पत्ता, ४ वटा वटा तेजपात, फुड कलर पिन्च, २ चम्चा गुलाफ जल, १०० ग्रम भुटेको सुक्खा प्याज, स्वाद अनुसार नुन, ८० ग्राम काजु।

    विधि: भाँडामा तेल तलाएर खैरो हुने गरी प्याज भुट्नुपर्छ। प्याज खैरो हुनासाथ गरम मसला हाल्ने र केही समयपछि खसीको मासु राख्नुपर्छ। मासुलाई केही समय भुटेपछि अन्य मसलाहरु हालेर ग्रेभी तयार गर्नुपर्छ। मासु पाक्न थालेपछि दही हाल्ने र एकछिन चलाएपछि चुल्हाबाट बाहिर निकाल्नुपर्छ। अर्को भाँडामा मज्जासँग पानी उमाल्नुपर्छ। त्यसमा सम्पूर्ण गरम मसलाको दाना र तेजपत्ता हालेर २० मिनेटसम्म पकाउनुपर्छ। त्यही पानीमा भिजाएको बिरयानी चामललाई राख्नुपर्छ।

    उक्त चामललाई ७० प्रतिशतसम्म पाक्न दिनुपर्छ। त्यसपछि उक्त चामलबाट पानी तार्नुपर्छ। तहतह बनाएर मासु र चामल मिलाएर राख्दै जानुपर्छ। अनि बीचबीचमा भुटेको प्याज, धनियाँ र पुदिनाको पात राख्नपर्छ। त्यही घिउ र पहेंलो फुड कलर पनि राख्दै जानुपर्छ। तीन या चार लेयर भएपछि राम्ररी आल्मुनियम पेपरले छोप्नुपर्छ र सानो आगोमा आधा घन्टा पकाउनुपर्छ। त्यसपछि बिरयानी तयार हुन्छ। त्यसमा भुटेको काजु पनि राख्न सकिन्छ।

    खसीको भुटुवा
    सामग्री: सिनेर डाइस काटेको खसीको फलमासु ५०० ग्राम, तोरीको तेल२ चम्चा,अदुवा लसुन आधा चम्चा, नुन स्वाद अनुसार, जिरा–धनिया आधा चम्चा, खुर्सानीको धुलो आधा चम्चा, गरम मसल आधा चम्चा, मसिनो गरी काटेको प्याज एक पिस, धनिया आधा मुठा, हरियो खुर्सानी २ पिस, नेपाली ताजा घ्यु १ चम्चा, बेसार आधा चम्चा

    विधि: खसीको उसिनेर चिस्याएको मासुलाई मसिनो डाइसमा काटेर तेल हालेर भुट्नुस र प्याज, अदुवा लसुन काटेको हरियो खुर्सानी हालेर केही सानो रापमा भुट्नुस्। बेसार, जिरा, धनिया, खुर्सानीको धुलो, गरमा मसला र मसिनो गरी काटेको गोलभेंडा हालेर अझै ५ मिनेट पकाउनुस् र सुक्खा हुन थालेपछि एक चम्चा नेपाली घ्यु र काटेको हरियो धनिया हालेर चलाई निकाल्नुस्। सितन, खाजाका रुपमा खसीको भुटुवा खान सकिन्छ।

    खसीको आन्द्रे ससेज
    सामग्री: खसीको राम्ररी सफा गरेको आन्द्रा आधा केजी, आलो खसीको रक्ति ३५० ग्राम, खसीको किमा १५० ग्राम, बोसो ५० ग्राम, अन्डा एक पिस, मैदा २ चम्चा, पिसेको डल्ले खुर्सानीको लेदो आधा चम्चा, जिरा–धनियाको धुलो आधा चम्चा, मसिनो गरी काटेको धनियाको डाँठ एक चम्चा, टिमुरको धुलो पिन्च, नुन स्वाद अनुसार, अदुवा–लसुन आधा चम्चा, तोरीको तेल आधा चम्चा।

    विधि: दिइएका सम्पूर्ण सामग्री हालेर राम्ररी मुछ्नुस् या पेस्ट बनाउनुस् र सफा गरेर राखेको खसीको आन्द्रामा सानो पाइप र पोलिथिनको ब्यागको सहायताले भर्नुस्। तीन–तीन इन्चको फरक पारेर आन्द्रालाई भाँच्नुस् र गाँठो बनाएर ससेजको सेभ दिनुस्। केहीबेर झुन्ड्याएर सुक्खा बनाउनुस्। उम्लेको पानीमा गरम मसला र नुन हालेर ससेजलाई उसिन्नुस्। राम्ररी पाकेपछि चिस्याउनुस् र थोरै तेल हालेर ननस्टिक प्यानमा डामेर स्न्याक्सको रुपमा खान सकिन्छ।

    डामेको खसीको फोक्सो
    सामग्री: खसीको फोक्सो एक पिस, मैदा २५० ग्राम, अन्डा ४ पिस, बेसन २ चम्चा, अदुवा–लसुन आधा चम्चा, नुन स्वाद अनुसार, बेसारको धुलो आधा चम्चा, खुर्सानीको धुलो आधा चम्चा, जिरा–धनियाँको धुलो अधा चम्चा, मिक्स गरम मसला ः आधा चम्चा, हिङ ः पिन्च, तोरिको तेल ः ३ चम्चा, पानी ः अवश्यकता अनुसार या ६०० एमएल।

    विधि: तेलबाहेक माथि दिइएका सम्मूर्ण सामग्रीहरु हालेर हुइसले चलाई लेदो बनाउनुस् र सानो पाइप र दूधको पोलिथिनको सहायताले फोक्सोमा भर्नुस्। फोक्सोमा मिक्चर भर्नु अगाडि फुटेको छ या छैन फुकेर हेर्नुस्। प्वाल परेको फोक्सोमा मिक्चर भर्न सम्भव हुँदैन। राम्ररी डोरी या धागोले फोक्सोको फुड पाइपलाई टाइट हुने गरी बाँध्नुस् र उम्लेको पानीमा २५ मिनेट छोपेर सानो आँचमा पकाउनुस्। चिसो हुन दिनुस् र स्लाइस काटेर बाक्लो नन स्टिक प्यानमा थोरै तेल हालेर डाम्नुस् र तातो–तातो खानुस्।

    खसीको चितवन तास
    सामग्री: बोसो र छाला फलमासु मिसिएको हाड नभएको खसीको मासु ५०० ग्राम, तोरीको तेलः २ चम्चा, मसिनो गरी चप गरेको अदुवा–लसुनः ५० ग्राम, मसिनो गरी काटेको हरियो खुर्सानीः ३ पिस, बेसारः आधा चम्चा, नुनः स्वाद अनुसार, जिरा–धनियाँको धुलोः आधा चम्चा, मरिचको धुलोः पिन्च, खुर्सानीको धुलोः पिन्च, अदुवा–लसुनः आधा चम्चा, गरम मसलाको धुलोः आधा चम्चा, हरियो धनिया काटेकोः आधा मुठा, कागतीको रसः २ पिसको, नेपाली घ्युः आधा चम्चा।

    विधि: चप गरेको अदुवा–लसुन, खुर्सानी र हरियो धनिया बाहेक सम्पूर्ण सामग्री हालेर आधा लिटर तोरीको तेल मिसाएर मोल्नुस् र २४ घन्टा फ्रिजमा रेस्ट गरी राख्नुस्। भोलिपल्ट बाक्लो प्यान तताएर बाँकी रहेको आधा तोरीको तेल हालेर अदुवा–लसुन र हरियो खुर्सानीलाई मज्जाले ब्राउन हुने गरी भुट्नुस् र मोलेको मासु ओइराइदिनुस्। सानो आँचमा चलाइचलाई भुट्नुस् र अन्त्यमा धनिया, घ्यु र कागती हाली भुजा र ग्रिन सलादका साथमा तातोतातो खसीको तास सर्भ गर्नुस्।

    खसीको पक्कु
    सामग्री: खसीको राम्रो खालको मासुः १ किलो, तोरीको तेलः४ चमच, मेथीः आधा चम्चा, गरम मसलाः५ ग्राम, अदुवा–लसुनः १ चम्चा, बेसारः १ चम्चा, जिरा–धनियाको धुलोः १ चम्चा, नुनः स्वाद अनुसार, खुर्सानीको धुलोः आधा चम्चा, सुकेको खुर्सानीः ४ पिस, गरम मसलाको धुलोः १ आधा चम्चा, नेपाली घ्युः एक चम्चा।

    विधि: पित्तलको बाक्लो कसौंडीमा तेल तताएर मेथी फुराउनुस् र सुकेको खुर्सानी र होल गरम मसला हालेर ब्राउन बनाउनुस्। काटेको मासु खन्याएर सानो आँचमा चलाइचलाई ३० मिनेट छोपेर पकाउनुस्। पट्टपट्ट गरेर पड्कन थालेपछि अन्त्यमा बाँकी मसला हालेर पाँच मिनेट भुट्नुस् र घ्यु हालेर तातोतातो सर्भ गर्नुस्।

    खसीको कटिया
    सामग्री: टुक्रा पारेको खसीको मासुः एक केजी, तोरीको तेलः ४ चम्चा, ठूलोठूलो पिस गरेर काटेको प्याजः २÷४ पिस, अदुवा–लसुनः १ चम्चा, गरम मसलाः आधा चम्चा, जिरा–धनियाः आधा चम्चा, खुर्सानीको धुलोः आधा चम्चा, सुकेको होल खुर्सानीः ४ पिस, बेसारः आधा चम्चा, नेपाली घ्युः आधा चम्चा, नुनः स्वाद अनुसार।

    विधि: सम्पूर्ण सामग्री हालेर मोल्नुस् र एक दिन रेस्टका लागि छोपेर राख्नुस्। माटोको सानो घैंटामा भरेर राम्ररी टाइट हुने गरी छोप्नुस् र आगोको भुंग्रोमा आधा घन्टा पकाउनुस्। पाकेपछि भुजा या चिउरासँग तातोतातो सर्भ गर्नुस्। आगोको भुंग्रो छैन भने बाक्लो तावा या ग्रिलमा राखेर पनि पकाउन सकिन्छ तर आगोको भुंग्रोको स्वाद अलि भिन्न हालको हुन्छ। रौतहटमा निकै प्रख्यात यो खानाको अहिले राजधानीमा पनि खुब चर्चा छ र पस्कन थालिएको छ।

    खसीको नली कबाब
    सामग्री: खसीको खुट्टाको मासुः १ केजी, तोरीको तेलः ४ चम्चा, होल गरम मसलाः ३ ग्राम, सुकेको खुर्सानीः ४ पिस, अदुवा–लसुन पेस्टः १ चम्चा, मसिनो गरी काटेको प्याजः १ पिस, गरम मसलाको धुलोः आधा चम्चा, जिरा–धनियाको धुलोः १ चम्चा, खुर्सानीको धुलोः आधा चम्चा, मरिचको धुलोः पिन्च, नुनः स्वाद अनुसार, बेसारः आधा चम्चा, नेपाली घ्युः एक चम्चा, हरियो धनियाँः आधा मुठा

    विधि: बाक्लो कसौंडी या प्रेसर कुकर तताउनुस् र तोरीको तेल हालेर मेथी फुराउनुस्। होल गरम मसला र चिल्ली हालेर ब्राउन गरी अदुवा–लसुन अनि काटेको प्याज हालेर फुराउनुस्। मासु खन्याएर सानो आँचमा पकाउनुस् र सम्पूर्ण मसला हालेर राम्ररी पकाउनुस। राम्ररी पाकेपछि अन्त्यमा घ्यु र काटेको धनिया हालेर तातोतातो बासमती भुजा या रोटीसँग सर्भ गर्नुस्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ