• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली

    मधुमेहका बिरामीले जाडो मौसममा नखानुहोस् यी ७ खानेकुरा, आउन सक्छ यस्तो खतरनाक अवस्था

    745
    SHARES

    चिसो मौसमम ब्लड सुगरलाई नियन्त्रणमा राख्नु एउटा ठूलो चुनौती हुने गर्छ । मधुमेहका बिरामीका लागि त यो मौसम थप हानिकारक हुनसक्छ ।

    विज्ञका अनुसार चिसो मौसममा केही खान नखाने हो भने तपाईं रगतमा सुगरलाई नियन्त्रण गर्न सक्नुहुन्छ । आउनुहोस्, चिसो मौसममा कुन कुरालाई आफ्नो खानामा समावेश नगर्दा ब्लड सुगर नियन्त्रणमा रहन्छ ।

    तारेको वा मसालेदार खानेकुराः

    यो मौसममा तारेको र मसालेदार खानेकुराबाट टाढै रहनुपर्छ । चिसो मौसममा हाम्रो पाचन प्रणाली पनि कमजोर हुन्छ त्यसैले शरीरले यस्ता प्रकारका खानेकुरा पचाउन सक्दैन । मधुमेहका बिरामीले त झन् यस्ता कुराबाट थप सावधान रहनुपर्छ ।

    सुन्तलाः

    भिटामिन–सीले भरपूर सुन्तला हाम्रो प्रतिरोधी क्षमताका लागि राम्रो मानिन्छ । तर सुन्तलामा पनि सुगर अत्यधिक मात्रा हुन्छ जुन मधुमेहका रोगीका लागि सही होइन । त्यसैले चिसो मौसममा यसको सेवनबाट बच्नुहोस् । विशेषगरी बजारमा पाइने प्याकेटबन्द सुन्तला जुसको सेवन त फिटिक्कै नगर्नुहोस् ।

    बोसोयुक्त मासुः

    मधुमेहका रोगीले चिसो मौसममा बोसोयुक्त मासु नखानुहोस् । यसमा भएको बोसो तपाईंको स्वास्थ्यका लागि खतरनाक साबित हुनसक्छ । यसका साथै रातो मासुबाट पनि टाढै बस्नुहोस् । वैज्ञानिकले रातो मासुले शरीरमा हुने हानीको विषयमा पहिले पनि चेतावनी दिइसकेका छन् ।

    डीप फ्राईः

    चिसो मौसममा डिप फ्राईयुक्त खानेकुराबाट बच्नुहोस् । यसमा हुने अनस्याचुरेटेड फ्याट तपाईंको स्वास्थ्यका लागि फिटिक्कै राम्रो होइन । चिप्स, पकौडा, फ्रेन्च फ्राईलगायतका डिप फ्राई गरिएका सबै खानेकुरा खानबाट बच्नुहोस् ।

    मादक पदार्थः

    इन्सुलिन लिने बिरामीमा हाइपोग्लिसिमियाको खतरा हुन्छ । त्यसैले उनीहरुले मादक पदार्थको सेवन गर्नु हुँदैन । रक्सीले तपाईंको शरीरलाई सामान्य व्यक्तिको तुलनामा बढी हानी गर्छ ।

    सोडा वा अत्यधिक चिनीजन्य खानाः

    यस्ता कुनै पनि खानेकुरा वा पेय पदार्थको सेवन नगर्नुहोस् जसमा सोडा वा चिनीको मात्रा अत्यधिक हुन्छ । बजारमा पाइने क्यान सुप, जूस वा प्याकेट बन्द खानेकुरामा यसको सम्भावना बढी हुन्छ । त्यसैले यी खानेकुराबाट दूरी बनाउनुहोस् ।

    महः

    मह कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यसले तत्काल ऊर्जा दिन्छ तर मधुमेहका रोगीले चिसो मौसममा यो खानबाट बच्नुपर्छ । बजारमा पाइने मिसावटी महबाट पनि सावधान हुनुहोस् र डाक्टरको सल्लाहपछि मात्रै यसको सेवन गर्नुहोस् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ