• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    किसान आन्दोलन विरुद्ध कंगना रनौत आक्रोशित

    1K
    SHARES

    नयाँ दिल्ली । बलिउड नायिका कंगना रनौत केहि समय अघि सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा चर्चामा थिइन्। उनले सुशान्तको न्यायको लागि आवाज उठाएकी थिइन्। पछिल्ला दिनमा भने उनी सत्ताको बचाउमा लागेको आरोप छ।

    हाल राजधानी नयाँ दिल्लीमा किसान आन्दोलन चर्किरहेको छ। किसानहरु सरकार विरुद्ध संघर्षमा उत्रेकोबारे विभिन्न प्रतिक्रिया आइरहेका छन्।

    यो बीचमा दिल्लीमा किसान र प्रहरीबचि झडप समेत भएका छन्। सो बारे कंगनाले सोसल मिडियामा ट्वीट गरेर आफ्नो कुरा राखेकी छन्। कंगनाले एक भिडियो जारी गर्दै गणतन्त्र दिवसको दिन लाल किल्लामा हमला गरिएको बताएकी छन्।

    साथै उनले किसान आन्दोलनलाई कथित किसान भन्दै यसलाई साथ दिनेहरुलाई पनि जेलमा हाल्नुपर्ने बताएकी छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ