• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    प्रधानमन्त्री कप क्रिकेट : आर्मीले बागमतीलाई दियो २३० रनको विजयी लक्ष्य

    827
    SHARES

    काठमाडौँ । राजेश पुलामी मगरको अर्धशतकीय इनिङ्समा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले पूरा खेल खेल्दै १० विकेट गुमाएर २२९ रन बनाएको हो ।

    विभागीय टोलीविरुद्ध शुरुवाती बलिङमा आक्रामक देखिएका गौतम केसीले आर्मीको ब्याटिङ कमजोर पारे । उनले शीर्ष ब्याट्सम्यान हरि चौहान, अनिल मण्डल र रोहित कुमार पौडेललाई पवेलियन फर्काएका थिए । गौतमले उत्कृष्ट बलिङ गर्दा आर्मी १७ रनमा ३ विकेट गुमाइसकेको थियो ।

    तर, चौथो विकेटका लागि भने आर्मीका भिम सार्की र लोकेश बमले ५६ रनको साझेदारी गरे । उनीहरुको साझेदारी बागमतीका नन्दन यादवले तोडे । जसमा लोकेशले २३ रन बनाए । ४० रन बनाएर खेलिरहेका भिमलाई तिलक भण्डारीले पवेलियन फर्काए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

    लोकेश आउट भएपछि मैदान छिरेका राजेश पुलामी मगरले आर्मीको ब्याटिङ इनिङ्स सम्हाले । उनले आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका विक्रम शोवसँग राम्रो साझेदारी गरे । उनीहरुबीच ९२ रनको साझेदारी भएको थियो । जसमा ३५ रनमा खेलिरहेका बिक्रमलाई रामनरेश गिरीले विकेटकिपर आकास थापामार्फत् क्याच गराए ।

    अविजित रहेका राजेशले ९१ बलको सामना गर्दै ४ छक्का र २ चौकाको मद्दतमा ६५ रन बनाए । यस्तै, सुशान भारीले १६ रन, कप्तान विनोद भण्डारीले १० रन बनाए । बागमतीका खेलाडीले आर्मीका लागि ३५ उपहार रन दियो । जसले आर्मीलाई सहज अवस्थामा पुर्‍याउन मद्दत गर्‍यो।

    टस जितेर पहिल फिल्डिङ रोजेको बागमतीका लागि बलरहरू सुरुआतमा सफल भए पनि पछि केही नर्भस भए । जसमा उनीहरुले ३५ रन एक्स्ट्रा खर्च गरे । बागमतीका लागि गौतम केसीले ५ विकेट लिए ।

    उनले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ६१ रन खर्चेर ५ विकेट लिए । आर्मीविरुद्ध बागमतीका लागि रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान एक–एक विकेट लिए । लक्ष्य पूरा गर्न सके प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा बागतमी फाइनल पुग्ने पहिलो प्रादेशीक टोली बन्नेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ