• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पत्रकारहरुको पक्षमा उभिन सडक रोजेका जन्मदेव जैसी महासंघमा जम्दै

    1.5K
    SHARES

    करन बडाल, काठमाडाैं । महासंघका केन्द्रीय सदस्यसमेत रहेका जैसी श्रमजीवी पत्रकारहरुका पक्षमा निरन्तर संघर्ष गर्दै आएका छन् । आफ्नो पत्रकारिताको शुरुवातदेखि नै मिडिया हाउसमा हुने पत्रकार तथा श्रमजीवीहरुको पक्षमा उभिदै आएका छन् । निश्पक्ष समाचार लेखेकै आधारमा मूलधारका मिडिया मालिकहरु जैसीसँग रुष्ट हुने गर्दथे ।

    त्यस्तो अवस्थामा द्रव्य मोह त्यागेर श्रमजीवी पत्रकारहरुको पक्षमा उभिन सडक रोजे जन्मदेव जैसीले । पत्रकारका नेता जैसी नत कुनै ठूला मिडियाका मालिकहरुको धक्कुका अगाडी घुँडा टेक्छन्, नत श्रमजीवी पत्रकारमारा मिडियाका मालिकहरुसँग कुनै सम्झौता नै गर्छन् । उनले करिब दुई दशकदेखि नै श्रमजीवी पत्रकारहरुको पक्षमा लड्दै आए ।

    श्रमजीवीकै पक्षमा लड्दा लड्दै मिडिया हाउसका जागिर त्यागेर सडकमा आए र सडकबाटै श्रमजीवी तथा पत्रकारहरुको हक र हितका पक्षमा लड्दा लड्दै श्रमजीवी पत्रकारहरुको नेताका रुपमा नेपाल पत्रकार महासंघमा स्थापित पात्र बने नेता जैसी । कुनै पनि श्रमजीवी पत्रकारमाथि मिडिया हाउसले उत्पीडन गर्यो भने निर्मम संघर्षका लागि पहलकदमी लिईहालछन् । श्रमजीवी पत्रकारहरुका सारथीका रुपमा चिनिन थालेका छन् पत्रकार जैसी ।

    पीडित श्रमजीवी पत्रकाहरुलाई पनि जैसीप्रति निक्कै भरोसा रहेको छ । लकडाउनको बेला सयौँ श्रमजीवी पत्रकारहरु जागिरबाट बिना कारण निकालिए । त्यसको विरोधमा जैसीको नेतृत्वमा संघर्ष समितिले निर्मम संघर्ष गर्यो । अधिकांश श्रमजीवी पत्रकारहरुले न्याय पाए । धेरै पत्रकारहरु पुनस्थापित भए । समग्रमा श्रमजीवी पत्रकारहरुका पक्षमा सम्झौताविहीन संघर्ष गर्ने पात्र बनेका छन् जैसी ।

    जैसीको इतिहास

    नेपालको बिकट भूगोलको रुपमा चिनिएको कर्णाली र त्यसको पनि कान्छो जिल्लाको रुपमा चिनिने कालिकोटको रकु घर भएका जैसी २०५६ साल देखि निरन्तर पत्रकारिता पेशामा क्रियाशील छन् । विगत १८ बर्ष देखि निरन्तर पत्रकारीता पेशामा रहेका जन्मदेव जैसीले समदृष्टी, साँघु, जनआह्वान, जनदिशा, प्रकाश साप्ताहीक, नेपाल एफएम, जनादेश साप्ताहिक, सौर्य साप्ताहिकमा लामो समयसम्म सकृय रहेर काम गरिसकेका छन ।

    यस्तै जैसीले राजधानी दैनिकको बरिष्ठ उप(सम्पादक भएर ४ बर्ष काम गरे भने कान्तिपुर, गोरखापत्र, राजधानी दैनिक नेपालवाणी लगायतका सञ्चारगृहमा न्युनतम पारिश्रमिक उपलब्ध गराउन लामो समयसम्म चलेको संघर्षको नेतृत्व गर्दै जैसीले श्रमिक पत्रकारहरुको पारिश्रमिक वढाउन महत्वपूर्ण भुमिका खेलेका थिए । श्रमजीवी पत्रकारहरुको माझमा रहदै पत्रकारिताका अनगन्ति अनुभवहरु संगालिसकेका जैसीले समाचार संकलन गर्ने रिर्पोटर, डेस्कमा बसेर गरिने समाचार सम्पादन, प्रकाशन तथा प्रसारण जस्ता कुरालाई नजिकवाट अध्ययन गरेका छन् ।

    मिडिया प्रतिको जैसीको बुझाई

    सञ्चार गृहमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमीक लागु गर्न श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको पक्षमा आफुलाई दह्रो रुपमा उभ्याएका छन् । केन्द्र तथा ग्रामीण स्तरमा सन्तुलित रुपमा मिडिया तथा पत्रकारीता विकासमा जैसीले जोड दिदै आएका छन् । सञ्चारगृहलाई लगानीकर्ता र विज्ञापन दाताको नियन्त्रणवाट बाहिर राखेर सम्पादकीय अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता कायम हुनुपर्ने मान्यता जैसीले राख्दै आएका छन् ।

    नेपाल पत्रकार महासंघलाई व्यवसायीक पत्रकारहरुको छाता संगठनको रुपमा विकास गर्नुपर्ने मान्यता राख्दै आएका जैसीले नेपाल पत्रकार महासंघलाई गैर पत्रकारहरुको भर्तिकेन्द्र हुनवाट बचाउनुपर्नेमा जोड दिदै आएका छन्।

    आफुलाई बिग मिडिया हाउस भनेर दाबी गर्ने नेपालका केही सञ्चारगृहका मालिक र पत्रकारहरुले जैसीलाई विस्थापित गर्न खोजे पछि श्रमजीवी तथा पत्रकारहरुको हक र हीतमा निरन्तर संघर्ष गरेपछि पत्रकारहरुको माझमा नेता जैसी लोकप्रिय बनेका छन् ।

    त्यस्तै जैसीको पत्रकारिता क्षेत्रमा गरेको संघर्ष र निरन्तरताको उच्च मुल्यांकन गर्दै क्रान्तिकारी पत्रकार संगठन, नेपालले आसन्न नेपाल पत्रकार महासंघको चुनावका लागि संगठनका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । भने सबै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा उदाउँदो ताराका रुपमा हेर्न थालिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ