• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    ज्योति विकास बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत बोनस शेयर वितरण गर्ने

    793
    SHARES

    काठमाडाैं । ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त साधारण सभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    बैंकको माघ १४ गते बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेकाे हो।

    उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार रुपैयाँ पुगेको छ।

    साथै, साधारणसभाले बैंक संस्थापक सेयरधनी समुहको तर्फबाट हरि प्रसाद, हरि चन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेश राज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

    बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

    कोरोना भाइरस (कोभिड-१९०) महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ