काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशका नागरिकहरुलाई भुलेर पनि भारत लगायत ३ देशको यात्रा नगर्न आग्रह गरेका छन् । बाइडेन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।
बाइडन प्रशासनले कोरोना महामारी, आ’तंक’वाद र सा’म्प्रदायिक हिं’साको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । अमेरिकाले भारत-पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । किनभने आ’तंक’वादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको भनाइ छ । भारत-पाकिस्तानको सीमा क्षेत्रमा बेला-बेलामा गो’लीबा’री हुने गरेको छ ।
यसैबीच मेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई करिब एक महिना जिम्मेवारी सम्हालेका जो बाइडेनले विश्व कूटनीतिबारे गरेको पहिलो सम्बोधनमा चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको संकेत गरेका हुन् ।
बाइडेनको यो भनाइले रिपब्लिकन नेता डोनाल्ड ट्रम्प सत्तामा आएपछि चर्किएको चीन–अमेरिका व्यापार विवादलाई पनि कुटनीतिक माध्यमबाट समाधान गर्ने संकेत राष्ट्रपति बाइडेनले गरेका छन् । विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन-अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन-अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो ।
ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसायहरूको विकासमा समस्या आएको समय नवनिर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा पलाएको छ । अमेरिकीहरूले विगत चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देश बीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पुर्याएको चीनको बुझाइ रहेको छ । ट्रम्पको कार्यकालमा चीन-अमेरिका सम्बन्ध एकदम कठीन स्थितिबाट गुज्रिएको थियो ।
वास्तवमा अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व कायम राख्न चीन सधैं इच्छुक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गत वर्षको नोभेम्बरमा अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि बाइडेनलाई पठाएको बधाई सन्देश पठाउँदै चीन र अमेरिका दुवै पक्षले आपसी सम्मान, सहयोग र साझा जीतको आधारमा दुई पक्षीय सम्बन्धको स्वस्थ विकासलाई अघि बढाउन सक्ने विश्वास व्यक्त गरेका थिए ।
उता पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वि’रुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ । ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आ’क्र’मण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनीविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव यद्दपी विचाराधीन छ ।
डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले भने ट्रम्प वि’रुद्ध महाभियोग प्रस्ताव पारित गरी सिनेटमा छलफलका लागि पठाइसकेको छ । उक्त प्रस्तावमा आगामी फेब्रुअरी ९ देखि सिनेटमा छलफल गर्नेगरी कार्यतालिका सार्वजनिक भइसकेको छ । ट्रम्प वि’रुद्धको महाभियोग प्रस्ताव पारित हुन कम्तीमा १७ जना रिपब्लीकन सिनेटरले डेमोक्रेट पार्टीलाई साथ र समर्थन गर्नु पर्नेछ जुन डेमोक्रेटका लागि फलामको च्यूरा चपाएसरह हुनेछ । अमेरिकी कानुन बमोजिम कुनै पनि राष्ट्रपति विरुद्धको महाभियोग पारित हुन सिनेटमा दुई तिहाई मत आवश्यक पर्दछ ।
हाल सिनेटमा रिपब्लीकन र डेमोक्रेट पार्टीबाट ५०–५० सदस्य छन् । पूर्व राष्ट्रपति ट्रम्पको कार्यकाल समाप्त भई विदा भइसकेको अवस्थामा महाभियोगमाथि छलफल गर्नुको औचित्य छैन भन्ने केन्टकी राज्यका रिपब्लीकन सिनेटर रान्ड पलको भनाईलाई सिनेटमा भएको मतदानमा ५५–४५ ले अस्वीकार गरेको थियो । मतदानपछि बोल्दै सिनेटर पलले ४५ जना सिनेटर महाभियोगको विपक्षमा रहेकाले महाभियोग प्रस्तावको संवैधानिक आधार समाप्त भइसकेको जिकिर गरेका थिए ।
महाभियोगको सुनुवाइको अध्यक्षता गरेका ८० वर्षीय सिनेटर प्याट्रिक लेही मङ्गलबारको प्रारम्भिक सुनुवाइपछि एकाएक अस्वस्थ भएर अस्पताल भर्ना भएका थिए । तर उनको स्वास्थ्य अवस्था सुधार भइसकेको उनका प्रवक्ताले बताएका छन् । पछिल्ला राजनीतिक घटनाक्रम र अर्कान्सा राज्यको गभर्नरका लागि ह्वाइट हाउसकी पूर्व प्रेस सचिव सराह हक्याबी स्यान्डर्सको मनोनयनले रिपब्लीकन पार्टीभित्र ट्रम्पको प्रभाव निकै रहेको अनुमान गरिएको छ ।
निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । ‘पूर्वराष्ट्रपतिको कार्यालयबाट उनले पूर्वराष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरु सञ्चालन हुनेछ ।,’ उनका सहयोगीहरुले भनेका छन् । सो कार्यालयबाट पत्र तथा वक्तव्यहरु आदान प्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्यहरु हुने पनि उनका सहयोगीहरुले जनाएका छन् ।
त्यसैगरी ट्रम्पको कार्यकालमा भए गरेका कामहरुको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि यस कार्यालयबाट गतिविधिहरु हुने जनाइएको छ । नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरुप्रति टिप्पणी गर्ने र त्यसका विरुद्धमा जनमत आफ्नो पक्षमा पारिरहने रणनीति पनि यस कार्यालयले अपनाउने अनुमान गरिएको छ । ‘राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उनलाई आफ्नो अभिभावक मानेका छन्,’ उनको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
उनको कार्यालयको नामलाई आधार मान्दा उनी सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्नु हुने छैन भनेर भन्न नसकिने टिप्पणी गरिएको छ । तर, उनी र उनका सल्लाहकार तथा सहयोगीहरुले भने यस बारेमा स्पष्ट पारेका छैनन् । यही जनवरी २० तारिखमा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि पूर्व राष्ट्रपति ट्रम्प सोमबारसम्म मौन रहेका थिए ।
प्रतिक्रिया