• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    मापदण्ड विपरीत प्रदेश २ का मन्त्रीले लगाए कोरोना खोप

    343
    SHARES

    जनकपुरधाम । सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् । बुधबारदेखि सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा फ्रन्टलाइनलाई खोप दिने सरकारी मापदण्ड छ । त्यसअनुसार अधिकांश ठाउँमा फ्रन्टलाइनरले खोप लगाए ।

    तर प्रदेश २ को राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पहिलो खोप फ्रन्टलाइनको साटो मन्त्रीले लगाएका छन् । प्रदेशका आन्तरिक मामिलामन्त्री यादवले पहिलो खोप लगाएका छन् । कोरोना खोपलाई लिएर अफवाह समेत रहेकाले त्यसलाई चिर्न आफूले खोप लगाएको मन्त्रीको दाबी छ ।

    यता प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको निःशुल्क खोप उपलब्ध गराउने बताएका छन् । काेराेना खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई कोरोनाविरुद्धको नि:शुल्क खाेप उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् ‌।

    सबै नेपालीलाई कोरोनाविरुद्धको खोप नि:शुल्क हुन्छ र प्राथमिकताका आधारमा सबैलाई दिइन्छ, यसमा तपाईँ सबै निश्चिन्त हुनुहोस्,’ प्रधानमन्त्री ओलीले भने । आफूले खतरा मोल्न तयार भएर अरुलाई कोभिडविरुद्ध बचाउन खटिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिए।

    साथै काेराेना संक्रमणबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । गएको १ वर्ष अन्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै प्रधानमन्त्री ओलीले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ