काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको निःशुल्क खोप उपलब्ध गराउने बताएका छन् । काेराेना खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई कोरोनाविरुद्धको नि:शुल्क खाेप उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् ।
सबै नेपालीलाई कोरोनाविरुद्धको खोप नि:शुल्क हुन्छ र प्राथमिकताका आधारमा सबैलाई दिइन्छ, यसमा तपाईँ सबै निश्चिन्त हुनुहोस्,’ प्रधानमन्त्री ओलीले भने । आफूले खतरा मोल्न तयार भएर अरुलाई कोभिडविरुद्ध बचाउन खटिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिए।
साथै काेराेना संक्रमणबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । गएको १ वर्ष अन्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै प्रधानमन्त्री ओलीले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको बताए ।
प्रतिक्रिया