• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    चीनमा फेरी दिखिन थाले कोरोनाका नयाँ बिरामी, नियन्त्रणका लागि सी जिनपिङले थाले यस्तो तयारी

    524
    SHARES

    काठमाडौँ। उता चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् ।

    उनीहरुकाअनुसार शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ सङ्क्रमित देखिएका हुन् । तीमध्ये थप ६५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी दिइएको हो ।

    चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकहरुबाटै उनीहरु सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ ।

    त्यही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ। चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

    शनिबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये उत्तरी चीनको हुवे प्रान्तका धेरै नागरिक रहेका पाइएकाे छ । यसबाट यस क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ । चीनका हेलिङजाङ, हेइबेइलगायतका ठाउँमा पनि नयाँ सङ्क्रमित भेटिन थालेका बताइएको छ ।

    त्यही कारण सी जिनपिङ सरकारले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिनायतादेखि नै थालेको हो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि केही हप्तायता धेरै जनाको ज्यान जान थालेको बताएका छन् ।

    उनीहरुले त्यहाँ नयाँ प्रजातिका सङ्क्रमितहरु पनि झन् बढ्न थालेको र यसबाट यहाँका धेरै नागरिकको ज्यान जाने गरेको बताउने गरेका छन् । बेलायतबाटै सुरु भएको भनिएको कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।

    विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार भाइरस विश्वका धेरै देशमा पुगेको र पहिलेको भन्दा बढी घातक रहेको बताएको छ । त्यस संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।

    यसैबीच विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख ६८ हजार २१३ पुगेको छ । सोमबार बिहानको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९४२ पुगेको छ ।

    संक्रमितमध्ये २ करोड ५८ लाख ८६ हजार २२५ मा सक्रिय संक्रमण छ भने ७ करोड १७ लाख ४३ हजार ४६ जनाले कोरोनालाई जितेका छन् । उपचाररत बिरामीमध्ये १ लाख १० हजार ३६२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

    सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या २ करोड ५७ लाख २ हजार १२५ पुगेको छ । अहिलेसम्म ४ लाख २९ हजार ४९० जनाको मृत्यु भएको छ ।त्यस्तै दोस्रो स्थानमा रहेको भारतमा संक्रमित संख्या १ करोड ६ लाख ६८ हजार ३५६ पुगेको छ । १ लाख ५३ हजार ५०३ जनाको मृत्यु भएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ