• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    सीमा क्षेत्रमा भेटिए १९ मृत व्यक्ति, कसरी घट्यो यस्तो सबैको मुटु हल्लिने घटना ?

    716
    SHARES

    काठमाडौँ । मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् । मेक्सिकोको कार्मागो शहर नजिकैको सडकमा दुई वटा गाडीमा मानव अवशेष भेट्टाएको प्रहरीले पुष्टि गरेको छ ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुलाई गो’ली लागेको र त्यसपछि शरीरलाई जलाएर राखेको हुनसक्ने बताएको छ । घटनास्थलमा कुनै गो’लीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरू अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ ।

    उक्त क्षेत्र लागु औषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुनेगरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।

    अभियोजनकर्ताहरूको कार्यालयले लासको परीक्षण चलिरहेको छ तर मृत शरीरको अवस्थाका कारण व्यक्तिको पहिचान जटिल भएको अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।

    कर्मागो करीव १५ हजार व्यक्तिको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्ने मेक्सिकोको न्युभो लियोन राज्यको नजिक रहेको एउटा बजार क्षेत्र हो । न्यूभो लिओनका अधिकारीहरूले आफूहरूले अनुसन्धानका लागि तामाउलिपास अभियोजनकर्तालाई सहयोग गरिरहेको बताएका छन् ।

    यता पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवा (पीआइए) ले लीज सम्बन्धी कानुन उल्लघंन गरेको भन्दै नागरिक उड्ययन प्राधिकरणले निन्दा गरेको छ । बोइन ७७७ विमानको अदालतमा लीज सम्बन्धी मुद्दा जारी रहेको बेला अन्तराष्ट्रिय उडान भर्न अनुमति दिएर पीआइएले कानुनको उल्लघन गरेको भन्दै नागरिक उड्ययन प्राधिकरण (सिएए) ले निन्दा गरेको हो ।

    लीज सम्बन्धी कानुनको बेबास्ता गर्ने पीआइएको गैरजिम्मेवार व्यावहार र प्रवृति प्रति नागरिक उडड्यन प्राधिकरणले असन्तुष्टी देखाएको हो । अन्तराष्ट्रिय नागरिक उड्ययन कानुनको उल्लघनले देश लाइ नै लज्जित बनाउने भन्दै सिएएले असन्तुष्टी देखाएको छ ।

    हाल विश्वब्यापारी महामारी रहेको कोभिड–१९ महामारीका कारण पीआइएले समयमा विमानको भाडा तिर्न असफल भएको थियो । विमानको भाडा तिर्न असफल भएपछि पीआइए अधिकारीहरु जनवरी २२ मा बेलायतको अदालत र जनवरी २४ मा मलेसियाको अदालतमा उपस्थित हुनुपर्ने नागरिक उड्ययन मन्त्री गुलाम सरवर खानले बताएका छन् ।

    पूर्व प्रधानमन्त्री नवाज सरिफको सरकारले महंगो भाडादरमा दुई विमान लिएको मन्त्री खानले आरोप लगाए । सन् २०१५ मा पीआइएको विमान भीयतनामको कम्पनीबाट पीआइएले भाडामा बिमानहरु भित्राएको थियो। शुक्रबार यात्रु चढाएर उड्नै लागेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए) को विमान मलेसियाको क्वालालम्पुरमा जफत गरिएको छ ।

    पीआइएले बोइङ ७७७ मोडलको यो विमान भाडामा लिएको थियो र यसको भाडा तिरेको थिएन । शुक्रबार क्वालालम्पुर विमानस्थलमा विमान जफत गरिँदा त्यसमा यात्रु बसिसकेका थिए ।

    यो विमान अदालतको आदेशमा जफत गरिएको अल जजीराले जनाएको छ । हालै पाकिस्तानको सरकारी एयरलाइन्स पीआइएले भाडा नतिरेपछि कम्पनीले ६ महिना पहिले बेलायतको अदालतमा निवेदन दिएको थियो ।

    सुनुवाइमा अदालतले विमान जफत गर्न आदेश दिएसंगै यात्रु चढाएर उड्नै लागेको पीआआइएको बिमान मलेसियाको क्वालालम्पुरमा जफत गरिएको थियो । पीआइएले बोइङ ७७७ मोडलको विमानले भाडामा लिएपनि नतिरेपछि जफत गरिएको हो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ