कालिकोट । कालिकोटको पलाँता गाउँपालिकाले कृषकलाई २ राँगा र २५ भैंसी नि:शुल्क वितरण गर्ने भएको छ । जिल्लाको पलाँता गाउँपालिका वडा नम्बर ९ थिर्पुस्थित पशु सेवा शाखामा बसेको गाउँपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाको अध्यक्षता बसेको बैठकले गाउँपालिकाको ३ र ४ मा प्रदेश सरकार बाट प्राप्त अनुदान कार्यक्रम सन्चालन गर्ने, अनुगमन, औषधि खरिद तथा व्यवस्थापन गर्ने, २५ भैंसी र २ रागा भैंसी समूह समितिले खरिद गरि नि:शुल्क बितरण गर्ने लगाएतका निर्णय गरेको शाखा प्रमुख कर्मसिंह बमले जानकारी दिए ।
उक्त कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष दाना न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष ऐनराज महतारा, वडा नम्बर २ का अध्यक्ष बिद्वी कामी (बिरि), वडा नम्बर ९ का अध्यक्ष टक्क बहादुर बम, वडा नम्बर ६ का अध्यक्ष रुप बहादुर रोकाया, नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बम, पशु सेवा शाखा प्रमुख कर्मसिंह बम लगाएतको उपस्थिति थियो ।
प्रतिक्रिया