• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पत्रकार महासंघकाे चुनावमा जैसीकाे नेतृत्वमा पदाधिकारीसहितकाे टिम पठाउने निर्णय

    1.3K
    SHARES

    काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । शनिबार (माघ १० गते) सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकले चौथो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

    त्यस्तै बैठकले क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि संगठनका केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा केन्द्रीय पदाधिकारीदेखि प्रदेश हुँदै जिल्ला र प्रतिष्ठानसम्म उम्मेद्धारहरुको टिम तय गरेको कार्याबाहक अध्यक्ष दीपबहादुर घर्ती र महासचिव बाबुराम भुसालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै केन्द्रीय समितिको बैठकले वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र अग्रगामी शक्तिसहितको साझा मोर्चा बनाई पत्रकार महासंघमा साझा चरित्रको नेतृत्व चयनका लागि विभिन्न सञ्चार सम्बद्ध संघ-संगठनहरुसँग छलफल र वार्ताका लागि संगठनका कार्यवाहक अध्यक्षको नेतृत्वमा उपाध्यक्ष, महासचिव र २ जना केन्द्रीय सदस्य सम्मिलित समिति गठन गरिएको छ । त्यसै गरी राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सुनिश्चितता संघर्ष गर्ने निर्णय गरेको छ ।

    नयाँ जनवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना संगठनको मुख्य अभिष्ट भएको र त्यसको आधार निर्माण गर्न संगठनले क्रान्तिकारी धुर्वीकरण अभियान चलाउने र देशभर प्रदर्शन तथा अन्तक्रिया कार्यक्रम देशव्यापी रुपमा अभियान र सशक्त संघर्षका कार्यक्रमहरु गर्ने बैठकले ठोस गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ