• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रामेछापको मन्थलीमा माघ ३० गते चनखु-वृहत सोनाम ल्होछार सांस्कृतिक समारोह हुने

    741
    SHARES

    काठमाडौ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर -१० मा `चनखु-वृहत् सोनाम ल्होछार सांस्कृतिक समारोह २०७७´ हुने भएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम यसपटक पनि माघ ३० गते गर्न लागेको संस्थाका अध्यक्ष कुलमान योन्जनले जानकारी दिए ।

    तामाङको १२ वटा वर्गमा प्रत्येक बर्षमा एउटा वर्गलाई विदाई गर्दै अर्कोलाई स्वागत गरेर सोनाम ल्होछार मान्ने गरेको छ । यसपटक मुसा वर्गलाई विदाई गर्दै गोरु वर्गलाई स्वागत गरेर कार्यक्रम गर्न लागेको आयोजक संस्थाले बताएका छन् ।

    कार्यक्रममा विभिन्न ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति हुने र त्यहाँ उपस्तिथि दर्शकलाई कलाकारहरुले आफ्नो प्रस्तुति दिएर मनोरंजन दिलाउने छन् । उक्त संस्थाको सचीव रमेश योन्जनले भने -“कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति संगै स्थानीय कलाकार र ताम्बाहरुको डफु नाच पनि रहनेछ ।”

    कार्यक्रममा चर्चित तामाङ हास्य कलाकार कुइसाङ रुम्बा,अनिता तामाङ लोक तथा सेलो दोहोरी गायक तिर्थ बिरक्त पाख्रीन ,सेलो गायक पासाङ लामा ,गायक सबिन चौहान र हास्य कलाकार शैलेश गिरि,मोडल तथा डान्सर निकिता चौहान लगायतका स्थानीय कलाकारहरुको उपस्थिति रहने ह्याङ्ला ह्युल सामुदायिक संस्थाका अध्यक्ष कुलमान योन्जनले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ