• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेपाल बन्द सकिएपछि विप्लवले बिज्ञप्ति जारी गर्दै निकाले यस्तो निस्कर्ष, जनतालाई दिए यस्तो सन्देश

    4.5K
    SHARES

    काठमाडौँ । पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको गिरफ्तारीबिरुद्ध आयोजना गरिएको नेपाल बन्द सकिएपछि बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टीले नेपाल बन्दल पूर्ण रूपले सफल भएको बताएका छन् ।

    विप्लवले ओली सरकारको फासिवादी दमनले क्रान्ति नरोकिने र थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्ने चेतावनी दिएका छन् । विप्लवले शनिवार साझ विज्ञप्ति प्रकाशित गरी नेपाल बन्दलगायत संघर्षका कार्यक्रमहरूमा सहयोग पुर्याउने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण संघ संस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति धन्यवाद दिएका छन् ।

    विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम संकटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनताविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ । दमनले क्रान्ति रोकिँदैन, बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्छ ।’

    महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘गत पुस २९ गते हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको गिरफ्तारीविरुद्ध आज माघ १० गते हाम्रो पार्टीद्वारा आयोजित नेपाल बन्द कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल बन्दलगायत संघर्षका कार्यक्रमहरूमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण संघसंस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।’

    प्रहरीले बाँस्तोलालाई पुस २९ गते दिउँसो ललितपुर र मकवानपुर सीमा क्षेत्रबाट गि रफ्तार गरेको थियो । त्यसलगत्तै महासचिव विप्लवले विज्ञप्ति निकालेर त्यसको विरोध जनाएका थिए ।

    विज्ञप्तिमा नेता कार्यकर्ता गिरफ्तारीले क्रान्तिकारीआन्दोलन रोक्ने सरकारको चेष्टा पूरा नहुने बताएका थिए । माघ ३ गतेदेखि विरोधमा संघर्षका कार्यक्रम घोषणा गरिएको थियो । ललितपुर प्रहरी परिसरमा राखिएका बाँस्तोलामाथि विभिन्न झुट्टा मुद्दा लगाइएको छ ।

    यस्ताे छ विज्ञप्ति

    ”नेपाली जनताको आवश्यकता पूरा गर्न पूर्ण रूपले असफल वर्तमान केपी वली सरकार यतिबेला आफैँले संसद् विघटन गरेपछि स्वयम् चरम सङ्कटमा पर्दै गइरहेको छ । राष्ट्र र जनताका तमाम समस्याहरू समाधान गर्नतर्फ केन्द्रित नरही वर्तमान सरकार फासिवादी शैलीले हाम्रो पार्टी, क्रान्ति र जनताविरुद्ध निरन्तर दमनमा तल्लीन रहेको छ । दमनले क्रान्ति रोकिँदैन, बरु अझ थप उचाइमा प्रतिरोध गर्दै अघि बढ्छ ।

    गत पुस २९ गते हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको गिरफ्तारीविरुद्ध आज माघ १० गते हाम्रो पार्टीद्वारा आयोजित नेपाल बन्द कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रमहरूमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायीलगायत सम्पूर्ण सङ्घसंस्था, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।’’

    यसैबीच नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्लाको मालिका गाउँपालिका घमिरस्थित देवीस्थान मावि र वडा नं. ७ को कार्यालयमा भएको घटनाबारे सत्यतथ्य सार्वजनिक नगरे दोषीलाई कडा कारबाही गर्ने जनाएको छ ।

    पार्टीका जिल्ला सेक्रेटरी माहुरीले शनिबार वक्तव्य जारी गर्दै दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदार संलग्न रहेको जनगुनासो आएको भन्दै यसबारे पार्टीले अनुसन्धान गर्ने बताएका छन् ।

    वक्तव्यमा माहुरीले भनेका छन्, ‘गत मङ्सिर ७ गते गुल्मीको मालिका गाउँपालिका वडा नं. ७ घमिरस्थित देवीस्थान माविमा निर्माण भइरहेको नयाँ भवनको दिवाल अज्ञात समूहले भत्काएको थियो । उक्त घटना सरकारी योजनामा नै केही स्वार्थसमूहले नियोजित घटाएको भनी स्थानीय जनगुनासो रहँदै आएको छ ।’

    गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ को कार्यालयबाट नगद चोरी, भौतिक सामग्री तोडफोड भनिएको तर पटकपटक एउटै प्रकृतिको घटना दोहोरिँदा पनि सम्बन्धित निकाय मौन रहनुले घटना रहस्यमय बन्दै गएको र स्थानीय जनताले लगाएको केराघारी फाँडेको घटना सार्वजनिक हुनुले दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदारसमेत संलग्न रहेको व्यापक जनगुनासो आएकाले यथासक्य छिटो छानबिन नगरिए पार्टीले अनुसन्धान गरी कडा कारबाही हुने माहुरीको वक्तव्यमा उल्लेख छ ।

    वक्तव्यमा भनिएको छ, ‘उक्त गाउँपालिकाकै वडा नं. ७ को कार्यालयबाट असोज १० गते ६० हजार नगद, पुस ९ गते ३० हजार नगद र एक थान ल्यापटप, माघ ७ कार्यालयमा रहेको एक थान कम्प्युटर चोरी र अन्य भौतिक सामग्रीमाथि तोडफोड भएको भनिएको छ । पटकपटक एउटै कार्यालयबाट एउटै प्रकृतिका घटनाहरू दोहोरिरहँदा पनि सम्बन्धित निकाय मौन रहनुले घटना रहस्यमय बन्दै गएको छ । साथै स्थानीय जनताले लगाएको केराघारी फाँडेको घटनासमेत सार्वजनिक भएको छ । यी दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदारसमेत संलग्न रहेको भनी व्यापक जनगुनासो आएको हुँदा उक्त घटनाबारे यथासक्य छिटो सत्यतथ्य छानबिन गरी सार्वजनिक नगरे पार्टीले अनुसन्धान गरी कडा कारबाही गर्ने जानकारी गराउँछौँ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ