• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल बन्दको दिन बिहानै कहाँ-कहाँ भयो ब’म बिस्फोट ? हेर्नुहोस १०:३० बजेसम्मको ताजा अपडेट

    2.3K
    SHARES

    बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव संघीय राजधानी काठमाडाैंसहित देशभर परेको छ । बन्दको दिन देशका बिभिन्न ठाँउमा ब’म बि’स्फोट समेत भएका छन् । बन्द उल्लंघन गर्ने कतिपय सवारी साधनमाथि तोडफोड र आगजनी पनि भएको खबर संचार केन्द्र  संवाददाताहरुले पठाईरहेका छन् ।

    बन्दको दिन बिहानै बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा वि’ष्फोट भएको छ । उक्त विस्फोटकाे अनुसन्धान गरिरहेको बागमती प्रदेश प्रमुख डीआईजी वसन्त लामाले बताए । यस्तै काभ्रेपलाञ्चोकको बनेपास्थित बुडोलमा राखिएको प्रेसर कुकर ब’म भने नेपाली सेनाले डिस्पोज गरेको छ ।

    यस्तै कन्चनपुरकाे महेन्द्रनगर,कैलाली, नेपालगञ्ज, दाङ, बुटवल, धरान लगायतका ठुला सहरमा बन्दको प्रभाव परेको छ । सवारी साधनहरु छिटफुटरुमा चलेका छन् भने बजार व्यवसाय बन्द रहेको छ । त्यस्तै सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर ब’म फेला परेको छ ।

    शनिबार बिहान पुलमा प्रेसर कुकर ब’म भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गइरहेको प्रहरीले जनाएको छ ।

    ब’म कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माका अनुसार अहिले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द छ ।

    त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ मा गाडीमाथि आगजनी भएको छ । हेटौँडाबाट काठमाडाैंका लागि छुटेको बा १३ च ७९६९ नम्बरको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    बिहान चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएकाे मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए । यसैगरी मकवानपुरको वाग्मती गाउँपालिका-४ झुरझुरेमा शङ्कास्पद वस्तु भेटिएको छ ।

    धरान चतरा सडकखण्ड अन्तर्गत वाग्मती-४ झुरझुरेमा सडकखण्डको बीचमै शङ्कास्पद वस्तु भेटिएको र सेनाको सहयोगमा नष्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । कालोराते तारसहितको वस्तु सडकको बीचमै भेटिएपछि सडकखण्ड बन्द  छ । यस्तै हेटौँडा–५ सिँचाइ टोल नजिक झोलामा शङ्कास्पद वस्तु भेटिएको छ ।

    आफ्ना केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई बिना कारण गिरफ्तार गरेर झुट्टा मुद्दमा फसाउन खोजिएपछि नेकपाले आज नेपाल बन्द आह्वान गरेका छ । यसअघि ओली सरकारले नेकपाका अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहित केन्द्रीय सदस्यहरू अनिल शर्मा विरही, भरत बम ‘रणवीर’, चूडामणि ओली ‘आदर्श’, ओमप्रकाश पुन, माइला लामालगायत सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा बन्दी बनाएको छ ।

    सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर बिनाकारण नेता–कार्यकर्ता गिरफ्तार गरी झूट्टा मुद्दा लगाएपछि त्यसको चौतर्फी आलोचना पनि हुँदै आएको छ । ओलीले संसद् विघटन गरेपछि नेकपाले दलाल पुँजीवादको पतन भएको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिकारी शक्तिहरूसँग रणनीतिक संयुक्त मोर्चा निर्माण अभियान सञ्चालन गरेको छ ।

    देशमा एक पछि अर्को राजनीतिक संकट परेका बेला नयाँ परिस्थितिअनुसार फरक तरिकाले जाने योजनासहित पार्टीको आन्तरिक काममा लागेका उच्च तहका अर्का नेता गिरफ्तार परेपछि बिद्रोही नेकपा आक्रामक रुपमा अगाडी बढ्ने अनुमान राजनतिक विश्लेषकहरुले समेत गरेका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ