• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    पश्चिमी वायुको प्रभावले देशैभर वर्षाको सम्भावना

    408
    SHARES

    काठमाडौँ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको असर हटेको दुई सातापछि मुलुकभर फेरि पश्चिमी वायुको प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

    यस्तै तराईका अधिकांश जिल्लाहरूमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

    आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु् लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    यस्तो छ तीन दिनको मौसम पूर्वानुमान माघ १० गते शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश-१ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

    राति सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    माघ ११ गते आइतबार दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र प्रदेश- १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

    माघ १२ गते सोमबार दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश-१ को पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ