• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    प्रधानमन्त्री कप क्रिकेट- गण्डकी प्रतियोगिताबाट बाहिरियो

    673
    SHARES

    काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । प्रतियोगितामा तेस्रो हार ब्यहोरेको गण्डकी भने बाहिरिएको छ । गण्डकीले चार खेल खेल्दा एक खेलमा मात्र जित हात पार्न सकेको छ।

    गण्डकीले दिएको १०७ रनको लक्ष्य एपीएफले १७.४ ओभर खेल्द ४ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर आसिफले अर्धशतक प्रहार गर्दै एपीएफलाई जित सम्म पुर्‍याए । आसिफले ५६ बल खेल्दै ५ चौका र ६ छक्कासहित ७८ रन प्रहार गरे । यस्तै सुमित महर्जनले १८ रन बनाए । कप्तान शरद भेषावकर ५ र भुवन कार्की १ रनमा अविजित रहे । प्रतियोगिताबाट बाहिरिएको गण्डकीका चन्द्र पौडेलले र विशाल पौडेलले २-२ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी ४६ ओभर खेल्दै १०६ रनमा अलआउट भएको थियो । गण्डकीका लागि ओपनर समिर कँडेलले सर्वाधिक ३६ रन बनाएका थिए। यस्तै विष्णु पाण्डेले र दिपेश खत्रीले समान १५ र दिनेश बुढामगरले १२ रन जोडेका थिए।

    एपीएफका कमल सिंह ऐरीले १० ओभरमा ३ ओभर मेडन राख्दै ११ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै अभिनाश बोहराले ८ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए । कप्तान शरद भेषावकरले २ र किशोर महतोले १ विकेट लिए ।

    यस्तै नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशसामु ३ सय ११को लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित खेलमत ४ विकेट गुमाएर ३ सय १० रन बनाएको हो।

    लुम्बिनीविरुद्ध पुलिसका युवा खेलाडी पवन शराफले कीर्तिमानी अर्धशतक प्रहार गरे । उनले प्रधानमन्त्री कप क्रिकेटमा फास्टेस्ट फिप्टीको कीर्तिमान बनाएका हुन्।

    उनले १३ बलको सामना गर्दै ६ छक्का र १ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै पुलिसका लागि सुनिल धमलाले शतक प्रहार गरे । उनले १ सय ४५ बलको सामना गर्दै ७ चौका १ छक्कासहित १०४ रन बनाए।

    यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बलमा ६ छक्का र १ चौकासहित ८५ रन बनाए भने आरिफ शेखले १४ बलमा २९ रन प्रहार गरे। पुलिसविरुद्ध लुम्बिनीका कृष्ण कार्की, दिपेन्द्र रावत, सौरभ खनाल, अनिल खरेलले समान १/१ विकेट लिए। लुम्बिनीले पाएको यो लक्ष्य पनि जारी प्रतियोगितामा सबैभन्दा ठूलो लक्ष्य हो ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ