• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उपकुलपतिले अश्लील बोलेको भन्दै मप विश्वविद्यालयका क्याम्पस प्रमुखले दिए सामूहिक राजीनामा

    731
    SHARES

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् ।

    उपकुलपतिको कार्यालयमा बिहीबार बसेको बैठकमा विश्वविधालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्र व्यवहार गरेपछि क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका हुन् । प्राज्ञिक थलोमा उपकुलपति सिंहको व्यबहार आपत्तिजनक भएको भन्दै सामूहिकरुपमा राजीनामा दिएको क्यामपस प्रमुखहरुले बताएका छन् ।

    पछिल्लो समय मप विश्वविधालयमा विद्यार्थी आन्दोलित छन् । विद्यार्थीको आन्दोलन दबाउन भूमिका नखेलेको भन्दै उपकुलपति सिंहले अश्लील गालीगलौज र अभद्र ब्यबहार गरेको एकजना क्याम्पस प्रमुखले बताए ।

    उनका अनुसार राजीनामा दिनेमा व्यवस्थापन संकायका डाइरेक्टर, शिक्षा संकायका प्रमुख, कानुनका डाइरेक्टर, इन्जिनियरिङ, मानबिकी र व्यवस्थापन संकायका क्याम्पस प्रमुख रहेका छन् । यसअघि पनि उपकुलपति सिंहको संलग्नतामा विद्यार्थीमाथि कुटपिट भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ