• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    राष्ट्रपतिको पदभार सम्हालेलगत्तै बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनका नीति

    2.1K
    SHARES

    काठमाडौँ । बुधबार सपथ ग्रहण गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका अधिकांश निर्णय उल्ट्याएका छन्। ओभल अफिसमा कार्यभार सम्हाल्दै बाइडेनले १७ वटा एक्जुकेटिभ अर्डरमा हस्ताक्षर गरेका छन्।

    तीमध्ये अधिकांश ट्रम्पले गरेका निर्णयहरू उल्ट्याउने छन्। ट्रम्पले यसअघि पेरिस क्लाइमेट सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए। विश्वव्यापी जलवायू परिवर्तनका विषयमा काम गर्ने उक्त सम्झौतामा अमेरिका फेरि जोडिने बाइडेनले निर्णय गरेका छन्। अबको ३० दिनमा अमेरिका सम्झौताको एक हस्ताक्षरकर्ता हुनेछ।

    बाइडेनले केही मुस्लिम देशका आप्रवासीमाथि ट्रम्पले लगाएको प्रतिबन्ध पनि खारेज गरिदएका छन्। उनले ती मुलुकहरूमा रहेका अमेरिकी दूतावासका अधिकारीलाई अप्ठेरोमा परेका र सहयोगको खाँचो भएका मानिसहरूको भिसा प्रक्रिया अघि बढाउन भनेका छन्।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने ट्रम्पको घोषणालाई पनि बाइडेनले उल्ट्याएका छन्। बाइडेन डाक्टर एन्थोनी फाउचीलाई डब्लुएचओको एउटा सम्मेलनमा पठाउने निर्णय गरेका छन्।

    राष्ट्रपति बाइडेनले अमेरिका र मेक्सिकोको सीमामा ट्रम्पले लगाउन थालेको पर्खालको काम पनि रोकिदिएका छन्। उनले पर्खाल बनाउन गइरहेको पैसा रोकेर त्यसको समीक्षा गर्ने बताएका छन्। ट्रम्पले ल्याटिन अमेरिका हुँदै आउने आप्रवासी रोक्न मेक्सिकोको सीमामा पर्खाल लगाउने चुनावी नारा दिएका थिए। राष्ट्रपति बनेपछि उनले पर्खालका लागि अर्बौं डलर जुटाउन राष्ट्रिय आपतकाल घोषणा गरेका थिए।

    जनगणनामा नागरिकता नभएका मानिसलाई सहभागी नगराउने ट्रम्प प्रशासनको योजना पनि बाइडेनले उल्टाएका छन्। अवैधानिक आप्रवासीलाई खोजी खोजी देश निकाला गर्ने ट्रम्पको निर्णय पनि उनले खारेज गरिदिएका छन्।

    बाइडेनले देशभरि मास्क अनिवार्य रूपले लगाउनु पर्ने अर्डरमा पनि हस्ताक्षर गरेका छन्। कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्। वाइडेका यी निर्णयले युरोपियन यिनियाँ र डब्लुएचओ र मुश्लिम समुदाय खुसि भएका छन् भने अमेरिकी जनता पनि दंग परेका छन् ।

    यी हुन् मुख्य आदेश

    उनले मुख्यरूपमा कोरोना भाइरसको महामारीसँग जुध्ने आदेश जारी गरेका छन् । जहाँ चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू रहेका छन् । तिनका मुख्य बुँदा यसप्रकार छन्:

    – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने । भाइरस विज्ञ डा.एन्थोनी फाउचीले यसै साता हुने डब्ल्युचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने ।

    -कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने, सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने, आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने

    – सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुन: सामेल हुने,  विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द । – वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए ।

    आप्रवासन सम्बन्धी उनले जारी गरेको कार्यकारी आदेशले आप्रवासन नीति अब नरम हुने संकेत गरेको छ ।

    – ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा र मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द गर्ने ।

    जो बाइडेनले लिए पदको सपथ

    अमेरिकी राष्ट्रपति जो बाइडेनले संसद् भवन (क्यापिटोल हिल) मा पदको सपथ लिएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए ।

    बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै बाइडेनले आजको दिन लोकतन्त्र दिन भएको बताए । उनले आजको दिन अमेरिकाको दिन भएको बताउँदै यो इतिहास र आशाको दिन भएको बताए । बाइडेनले भने– ‘अमेरिकाको धेरै पटक परीक्षा भएको छ र यो निकै चूनौतिहरुका साथ उभिएको छ । आज हामी एक जना उम्मेद्वारको जित मनाउन होइन, प्रजातन्त्रको जित मनाइरहेका छौं ।’

    बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । उनले भने, ‘यो अमेरिकाको दिन हो । यो लोकतन्त्रको दिन हो । यो आशाको दिन हो । आज हामी कुनै उम्मेदवारको खुसीयाली मनाउन जुटेका होइनौं, हामी लोकतन्त्रका लागि जुटेका हौं । हामीले फेरि एकपटक बुुझेका छौं कि लोकतन्त्र अमूल्य छ र नाजुक पनि छ, तर लोकतन्त्र यहाँ कायम छ ।’

    उनले संसद् भवन आक्रमणको घटनाबारे पनि बोले । ‘केही दिनअघि यहाँ भएको हिंसाले सबैलाई हल्लाइदिएको थियो, जबकी दुुई सय वर्षदेखि सत्ताको शान्तिपूर्ण हस्तान्तरण भइरहेको थियो,’ उनले भने । आफ्नो सम्बोधनमा बाइडेनले ट्रम्पको नाम लिएनन्, तर धन्यवाद् भने दिए । ट्रम्पले बाइडेनको सपथ समारोह बहिस्कार गरेका थिए । जबकी, पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्युु बुुस र बाराक ओबामा भने सहभागी थिए । ‘म दुुबै दलका पूर्व राष्ट्रपतिहरुलाई धन्यवाद दिन चाहन्छु । ती राष्ट्रपतिलाई पनि सलाम, जो यहाँ आएनन्, तर उनलाई अमेरिकाको सेवा गर्ने मौका मिल्यो ।’

    कमला ह्यारिसले पनि लिइन् सपथ
    समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन् । जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी–अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एशियाली– अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ