• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अन्तत: ट्रम्पले छाडे ह्वाइटहाउस, बाइडेनले ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिँदै

    663
    SHARES

    एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ सुरु हुने केही घण्टाअघि अन्तत: डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोडेका छन् । ट्रम्प आफ्नो घर फ्लोरिडातर्फ लागेका छन् । निवर्तमान हुँदै गरेका राष्ट्रपति ट्रम्प एन्डुज एयरबेसबाट फ्लोरिडातर्फ लागेका हुन् ।

    विदाई भाषणमा ट्रम्प र उनकी पत्नी मेलेनियाले अमेरिकी नागरिकहरुलाई धन्यवाद दिएका छन् । यद्यपि, ट्रम्पले आफ्नो विदाई भाषणमा आफ्नो फिर्तीको संकेत गरेका छन् । उनले नयाँ प्रशासनलाई बधाई दिँदै केही नयाँ काम गर्ने आधारहरु रहेको बताएका छन् ।

    नवनिर्वाचित राष्ट्रपति बाइडेनले अबका केही घण्टामा ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिँदैछन् । सपथ समारोहलाई मध्यनजर गर्दै राजधानी वासिङ्गटन डिसीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ट्रम्पको विरासतलाई उल्टाउन चाहिरहेका जो बाइडनले कार्यभार सम्हाल्नासाथ थुप्रै कार्यकारी आदेश जारी गर्ने घोषणा गरेका छन्।

    बाइडनले पदभार सम्हालेपछि अमेरिका जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पुनः फर्किनेछ भने बाइडनले मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउने काम रोक्नेछन्। युरोपेली सङ्घले अमेरिकामा जो बाइडनले सुरु गर्न लागेको कार्यकालको स्वागत गरेको छ।

    युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेयर लायनले त्यसलाई लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ बिहानी भनेकी छन्। उनले भनिन्, “माननीय सदस्यहरू! यो दिनले एउटा सुखद समाचार ल्याएको छ। संयुक्त राज्य अमेरिका पहिलाको अवस्थामा फर्केको छ र हाम्रो पुरानो एवम्‌ विश्वासिलो साझेदारसँग फेरि जोडिनका लागि युरोपेली सङ्घ तम्तयार छ।”

    युरोपेली आयोगकी प्रमुखले कोरोनाभाइरसमहामारीविरुद्ध लड्न वैश्विक साझेदारी आवश्यक रहेकोमा जोड दिँदै जलवायु परिवर्तनसँग जुझ्नका निम्ति गरिएको प्यारिस सम्झौतामा फर्कने बाइडनको निर्णयको प्रशंसा गरिन्। बाइडनले पदभार सम्हाल्न लागेको खबरले ठूलो राहतको अनुभूति गरेको जर्मन राष्ट्रपतिले प्रतिक्रिया दिएका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ