एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन वाशिंगटन डिसी आउनु अगाडि भावुक बनेका छन्। ह्वाइट हाउस छिर्नु अघिल्लो दिन उनी गृहनगर डेलावेयरमा सम्बोधनका क्रममा भावुक बनेका हुन।
अमेरिकामा आज राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालय छाड्दै छन् भने बाइडने राष्ट्रपतिको सपथ ग्रहण गर्दैछन्। बाइडेनले गृहनगरलाई सदैव सम्झने र आफू डेलावेयरको निवासी भएकोमा गर्व गर्ने बताए। आफूमाथि विश्वास गरेकोमा र जीवनभर साथ दिएकोमा स्थानीयलाई बाइडेनले धन्यवाद दिए।
यसैबीच, राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरसबाट निधन भएकाहरुको सम्झना र उनीहरु प्रति श्रद्धान्जली अर्पण गरेका छन्। वासिंगटन डिसीको लिंकन मेमोरियलमा पुगेर उनीहरुले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन। अमेरिकामा कोरोना भाइरसबाट ४ लाख भन्दा ज्यादाको ज्यान गएकोले ४०० सय वटा बत्ती बालिएको थियो।
आजबाट कार्यकाल सकिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रथम महिला मेलानियासँगै ह्वाइट हाउसबाट बाहिरिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भवन ह्वाइट हाउसबाट हेलिकप्टरमा बाहिरिएका हुन।
अनौपचारिक रुपमा ह्वाइट हाउस छाडेका ट्रम्प हेलिकप्टर मार्फत म्यारिल्यान्ड पुगेका थिए। उनले त्यहाँ अन्तिम विदाई समारोहमा सम्बोधन गरे। त्यसक्रममा ट्रम्पले आफ्नो कार्यकालमा भएका कामहरूको प्रशंसा गरे। त्यसमा ट्रम्पले सैन्य क्षेत्रमा गरिएका कामदेखि रोजगारी सिर्जना, कर कटौती र कोरोनाभाइरस महामारीसँग जुझ्न चालिएका कदमसम्मको फेहरिस्त सुनाएका थिए।
सम्बोधनका क्रममा उनले नयाँ प्रशासनलाई शुभकामना दिए पनि राष्ट्रपति निर्वाचित जो बाइडनको नाम चाहिँ चाहि लिएनन्। उनले अझैसम्म हार स्वीकारेका छैनन् र सन् १८६९ यता आफ्ना उत्तराधिकारीले पदभार सम्हाल्ने कार्यक्रममा उपस्थित नहुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन्। कुनै न कुनै रूपमा आफू पुनः फर्कने ट्रम्पको भनाई छ। मेरिल्याण्डबाट ट्रम्प श्रीमती मेलानियासहित फ्लोरिडास्थित आफ्नो निजी क्लब जानेछन्।
यसैबीच, राष्ट्रपति निर्वाचित जो बाइडेनले आजै राष्ट्रपतिको सपथ लिँदैछन्। विशेष कार्यक्रमबाट बाइडेनले नयाँ राष्ट्रपतिको सपथ लिन लागेका हुन। ट्रम्पको विरासतलाई उल्टाउन चाहिरहेका बाइडनले कार्यभार सम्हाल्नासाथ थुप्रै कार्यकारी आदेश जारी गर्ने बताइएको छ।
प्रतिक्रिया