• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    राडी बजारमा अनिश्चितकालीन निषेधाज्ञा, सूचनासहित

    0.9K
    SHARES

    रुकुम पश्चिम । सरकारले राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । सरकारको आदेशमा जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि निषेधाज्ञा लगाएको हो ।

    प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चार किल्ला तोकेर निषेधाज्ञा आदेश जारी गरेका छन् । पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको हो ।

    आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा केही समूहबाट अनावश्यक भेला हुने अवाञ्छित गतिविधिहरु गरी शान्ति भंग हुनेगरी हुलदंगा वा अशान्ति सिर्जना गर्न खोजिरहेकाले निषेधाज्ञा गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३क) कफ्र्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए । तोकिएको क्षेत्रभित्र नगर्नु भनिएका गतिविधि गरेको पाइएमा कानुन अनुसार कारबाही हुने प्रजिअ गैह्रेले बताए । यी चार किल्ला भित्र एकै ठाउँमा पाँच जनाभन्दा बढी उभिन नपाउने, भेला तथा भीडभाड गर्न नपाउने, बिरामी बोकेका गाडी, खाद्यान्न बोकेका गाडीबाहेक कुनै पनि सार्वजनिक सवारी तथा मोटरसाइकल नचलाउन भनिएको छ ।

    राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभरजसो झडप भएको छ । दिनभर झडप भएपछि राडीबजारमा तनाव उत्पन्न भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर समेत गरेको छ । यता यता काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर सविन भण्डारीमाथि आ’क्रमण भएको छ ।

    कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथी हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले बताए । दासले भने, ‘मिस कम्युनिकेसनका कारण यहाँ ठूलो हातपात भयो ।’

    निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो ।

    उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डाक्टर दास बताउँछन् । उनको अनुसार ति बिरामीको अवस्था भर्ना गर्दा नै नाजुक थियो ।

    ‘बुटवलमा गरिएको पीसीआर नेगेटिभ देखाएको रिपोर्ट हेरेपछि हामीले इन्फ्लुएञ्जाको मात्रै शंका गरेर परीक्षण गर्न टेकु पठाएका थियौं,’ डाक्टर दासले भने, ‘टेकुमा इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आएपछि ल्याबले कोरोनाको शंका गरेर पीसीआर गरेछ, त्यो बेला पीसीआर पोजेटिभ आएको हामीलाई फोन मार्फत जानकारी आयो।’

    पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारीपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको डाक्टर दास बताउँछन् । आईसीयूमा राखेर उपचार भइरहेको अवस्थमा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । डाक्टर दासका अनुसार मृत्युपछि रिपोर्ट लिन जादाँ ल्याबले इन्फ्लुएञ्जाको रिपोर्ट मात्र पठाएको थियो । सोही कारण मृतकका आफन्तले कोरोना नभएको मानिसलाई कोभिड आईसीयूमा राखेर मृत्यु भएको भन्दै हातपात गरेको दास बताउछन् ।

    ‘हामीले इन्फ्लुएञ्जाको मात्र रिपोर्ट दिएर किन पीसीआरको रिपोर्ट नदिएको भनेर ल्याबलाई प्रश्न गर्दा पीसीआर जाँचको शुल्क दिएको छैन भन्ने जानकारी आयो,’ डाक्टर दासले भने, ‘तर मृततका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरे।’

    यस्तै सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा– ३ का ४४ वर्षीय बिर्ख मण्डल र माइक्रोबसका सहचालक सप्तरी राजविराज– १ का २२ वर्षीय शंकर यादव रहेका छन् । अर्का मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा दश जना सामन्य घाइते भएका छन् । घाइतेको स्थानीय जीवनज्योति मेडिकलमा उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ