काठमाडाैं । सुनको भाउ आज ताेलामा दुई सय रुपैयाँले घटेको छ । हिजो सात सय रुपैयाँले घटेर ताेलाकाे ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ९१ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि सस्तो भएको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । चाँदीको भाउ भने आज हिजोजस्तै तोलाको १२ सय ३० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।
यसअघि आइतबार एकै दिन सुन तोलामा सात सय रुपैयाँले घटेको थियो । सुनको भाउ हिजो तोलामा ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसअघि शुक्रबार सुनको भाउ ४ सय रुपैयाँले बढेको थियाे ।
अमेरिकामा राष्ट्रपतीय चुनावमा विजयी भएका जो बाइडेनको कार्यकाल सुरु हुन लागेकाले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेको व्यवसायीको अनुमान छ । जो बाइडेनले आउँदो बुधवार सपथ ग्रहण गर्दै छन् ।
प्रतिक्रिया