• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    सुनको भाउ फेरी घट्यो

    482
    SHARES

    काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आइतबार पनि ओरालो लागेको छ । तोलामा नै ७ सय रुपैयाँले ओरालो लागेर साताको पहिलो दिनको कारोबार सुरु भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा ७ सय रुपैयाँले घटेको छ ।

    ९२ हजारमा रुपैयाँमा शुक्रबार कारोबार भएको तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३०० मा कारोबार भएको छ । यस्तै, चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । एक हजार २६० मा शुक्रबार कारोबार भएको चाँदी आज भने एक हजार २३० रुपैयाँमा मूल्य निर्धारण भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ