• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    दाङ पुगेर माधव नेपालले गरे प्रचण्डकाे प्रशंसा

    371
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डजस्तो व्यवहारमा इमान्दार नेता अरु कोही नभएको बताएका छन् ।
    दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक नेताहरुमध्ये प्रचण्ड सबैभन्दा इमान्दार भएको भन्दै प्रशंसा गरे । इमान्दार नेताका रुपमा प्रचण्ड देखिएको बताउँदै अध्यक्ष नेपालले केपी ओली विध्वंशको प्रतीक भएको आरोप लगाए।

    अध्यक्ष नेपालले संविधानविपरीत कार्य गरेकाले ओलीले जनताबाट सजाय पाउने दाबीसमेत गरे । ओलीमा कुनै नैतिकता नै नभएको बताउँदै अध्यक्ष नेपालले अहमता र तानाशाह प्रवृत्ति केही दिनमै ढल्ने दाबी गरे । दाङमा नेकपाको प्रचण्ड–माधव पक्षले जिल्ला स्तरीय भेला आयोजना गरेको छ ।

    नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अशान्ति फैलाएको बताएका छन् । पत्रकार भेटघाटमा नेपालले बहुमतप्राप्त सरकार हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको बताए ।

    आधिकारिक नेकपा आफूहरु भएको दाबी गर्दै नेपालले ओली समूहलाई ‘ओली गुट’को संज्ञा दिए । अब ओलीको कदमविरुद्ध अन्य दलहरुसँग सहकार्य गरेर सशक्त आन्दोलन थाल्ने जानकारी दिँदै नेपालले ओलीले त्यसको सामना गर्नुपर्ने धारणा व्यक्त गरे ।

    प्रचण्ड–नेपाल पक्षीय नेकपाले शनिबार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न दाङ आएका नेपालले प्रतिनिधिसभा पुन:स्थापना भएरै छाड्ने दाबी गरे । कार्यक्रममा नेकपा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पनु, ओनसरी घर्तीलगायतका नेताहरुको सहभागिता थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ