• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    कोरोना संक्रमण बढेपछि लगाइयो अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध

    627
    SHARES

    एजेन्सी । कोरोना भाइरसको संक्रमण बढपछि बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउनका लागि आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा सबै प्रकारका यात्रामा रोक लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

    बेलायत आउन अब अनिवार्यरुपमा कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनु पर्नेछ । नयाँ यात्रा प्रतिबन्ध फेब्रुअरी महिनाको १५ तारिखसम्म लागू रहने बीबीसीले जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले केही सातायता संक्रमण ५० प्रतिशतले बढिरहेको जनाएको छ ।

    यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख ५७ हजार ९५८ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको हो ।

    शनिबार बिहान यो समाचार तयार पर्दासम्म ६ करोड ७३ लाख २२ हजार २५९ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुने यो दर ७१.४० प्रतिशत हो । पछिल्लो २४ घण्टामा ५ लाख ९ हजार ९२१ जना निको भएका छन् ।

    कुल संक्रमितको २६.४५ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ४९ लाख ४१ हजार ६६५ छ । यसमध्ये १ लाख ११ हजार ४६५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७५४ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख १६ हजार ५७२ नाघेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।

    संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेको अमेरिकामा २ करोड ३८ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाखभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

    यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् । संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ