• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    भारतले नेपालमाथि लगायो फेरि यस्तो प्रतिबन्ध, नेपाली जनता मा’रमा पर्ने निश्चित

    18.4K
    SHARES

    पर्सा । भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएका छन् । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यवसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ ।

    नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । आर्थिक वर्ष २०७६/७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकासीको सूचीबाट हटेको छ । पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको छ ।

    इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो हुँदै आयात भइरहेको पाम आयल नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा पठाइने गरिएको थियो ।

    ‘पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा यसले पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेको छ,’ नेपाल चामल, दाल, तेल उद्योग सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले भने ।

    वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ रु १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेको १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै रु ११ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो ।

    तर, भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताए ।

    भारतमा पाम आयल निर्यात गर्न नपाएर अहिले उद्योगी सोयाबिनको प्रशोधित तेल निकासी गरिरहेको जानकारी दिँदै ओसिबी फुड्सका सञ्चालक सुरेश रुगङ्टाले भने, ‘पाम आयल निकासी गर्ने भनेर यो क्षेत्रका अधिकांश उद्योग आफ्नो क्षमता विस्तार गरेका थिए तर भारतले एकाएक प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको लगानी डुब्ने डर बढेको छ । अहिले उद्योगी बाध्य भएर सोयाबिन तेल निकासीमा जोड दिएका छन् ।’

    नेपालबाट प्रशोधन भएर भारत जाने पाम आयलले ८० प्रतिशत भारतीय बजार ओगटेको बताइन्छ । पाम आयलको आयातमा भारतले प्रतिबन्ध लगाएपछि उद्योगीले आफ्ना उद्योगलाई रुग्ण हुनबाट जोगाउन पाम आयलको ठाउँमा भटमासको तेल प्रशोधन गरी निर्यात गर्न थालेको अर्का उद्योगपति सन्दीप गाडियाले बताए ।

    चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु नौ अर्ब १० करोड मूल्य बराबरको ६३ हजार १०१ मेट्रिक टन भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ ।

    निर्यातको शीर्षस्थानमा भटमासको तेल रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा करिब रु दुई अर्बको १४ हजार ९२४ मेट्रिक टन यस्तो तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपाली उत्पादन भारतमा जाँदा भारतीय उद्योग प्रभावित हुन थालेपछि भारत सरकारले यस्तो कदम चालेको उद्योगी बताउँछन् ।

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द

    नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले समस्या भएको लामो समयदेखि जानकारी गराएको भन्दै निगमले डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

    डिपो बन्द गर्ने निर्णयपछि रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीले नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालयमा खरिदको व्यवस्था भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनकाअनुसार यसअघि रक्सौल नाकाबाट लोड लिइ निगमको वीरगञ्ज शाखा कार्यालयबाट बिलिङ गर्दै आएको पेट्रोलियम पदार्थका अधिकृत बिक्रेताले अब २ नम्बर प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने हुन्छ ।

    निगमले लागू गरेको नयाँ व्यवस्थाका सम्बन्धमा केही अन्योल उत्पन्न भएपछि निगमको केन्द्रीय कार्यालय बबरमहलबाट गएको टोली र बारा/पर्सा पेट्रोलियम डिलर्स एशोसिएसन तथा स्थानीय प्रशासनबीच छलफलसमेत गरिएको थियो ।

    मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अधिकतम उपयोग नहुँदासम्म अथवा इण्डियन आयल कर्पोरेशनले मोतिहारी डिपोको संरचना निर्माण कार्य पूरा नभएसम्म पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुने तथा निगमको लागत बढ्ने जनाइएको छ ।

    गएकाे डिसेम्बरमा अमलेखगञ्ज डिपोबाट एक लाख किलोलिटरभन्दा बढी पेट्रोलियम पदार्थ आपूर्ति गर्न रक्सौल डिपोबाट ४० हजार किलोलिटर र पाइपलाइनबाट ६० हजार किलोलिटर आयात भएको निगमले जनाएको छ ।

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ ल्याउन बन्द भएपछि बारा र पर्साका अधिकृत बिक्रेताले पेट्रोलियम पदार्थ डिलर्स एशोसियसनको समन्वयमा प्रदेश नं २ प्रादेशिक कार्यालयबाट खरीद गर्ने सहमति जनाइसकेका छन् ।

    यस्तै यता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय छैटौं संयुक्त आयोगको बैठकमा सहभागी भई शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा सञ्चारकर्मीहरु सामु मन्त्री ज्ञवालीले अब सीमा समस्यालाई छिटो समाधान गर्न दुवै मुलुक प्रतिबद्ध भएको बताएका हुन् ।

    ‘सबैभन्दा ठूलो कुरा के हो भने यो छलफल (आयोग र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगको भेट) पछि अब हामी सीमा समस्यालाई छिटो समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छौं । जहाँ–जहाँ सिमांकन गर्न बाँकी छ । जहाँचाहि नापी गर्न बाँकी छ । जुन भागमा सीमा सम्बन्धी विवादहरु छन्, तिनीहरुलाई छिटो टुंग्याउनको लागि दुवै पक्ष सहमत भएका छन्,’ मन्त्री ज्ञवालीले भने ।

    अब दुवै मुलुकबीचको अन्य सीमांकनसहित सुस्ता र कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रमा छलफल गर्न बाँकी छ । र, ती छलफलहरु सम्बन्धित संयन्त्रहरुको बैठकले टुंगो लगाउने छन् । उदाहरणका लागि दुई मुलुकबीचको सीमाका समस्या र नापीका सम्बन्धमा संयुक्त सीमा समूहले काम गर्ने छ भने दुई मुलुकबीच विवादित क्षेत्रको रुपमा रहँदै आएको छ ।

    नेपाल र भारतले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेको क्षेत्रहरु सुस्ता र कालापानी क्षेत्रको भने दुई मुलुकबीच रहेको परराष्ट्र सचिव स्तरीय संयन्त्रले काम गर्ने छ । सन् २०१४ मा परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगले सुस्ता र कालापानी क्षेत्रको विवादको सम्बन्धलाई वार्ता गर्नको लागि परराष्ट्र सचिव स्तरीय संयन्त्रको स्थापना गरेको हो ।

    ‘जहाँसम्म संयन्त्रहरुको बैठकको कुरा हो । हामीले दुवैतर्फबाट वार्ताको प्रक्रियालाई अघि बढाएका छौं । राजनीतिक ढंगले पनि कुराहरु बढाउँदै जाऔं भन्ने हो । अर्को ढंगबाट पनि जाने भन्ने हो,’ मन्त्री ज्ञवालीले भने । मन्त्री ज्ञवालीले आइतबार भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग पनि सीमाको विषयमा कुरा गरेको जानकारी दिए ।

    ज्ञवालीले काठमाडौं आउनुअघि सिंहसँग दिल्लीस्थित उनकै निवासमा गएर भेटवार्ता गरेका थिए । ‘माननीय राजनाथ सिंहले यो विषय (सीमा विवाद) मा छलफल गर्न सकिन्छ भन्नु भएको छ । जहाँसम्म भारतको पोजिसनको कुरा हो, हामीले बुझेकै कुरा हो । (सीमा विवाद) ठ्याक्कै सहमतिमा पुगिसकेको अवस्था त होइन । त्यस कारणले भारतका आफ्नै पोजिसनहरु छन्,’ ज्ञवालीले भने ।

    उनले रक्षामन्त्री सिंहसँगको वार्ताका दौरान नेपाल र भारतबीचको डिफेन्स सहकार्यको विषयमा पनि छलफल गरेको बताए । उनले भने,‘खास गरी दुई मुलुकका सेनाबीच विपद् व्यवस्थापनको क्षेत्रमा सहकार्यको कुरा भएको हो ।’ मन्त्री ज्ञवालीले नेपाल सेनाले दार्जुलाको सदरमुकामबाट लिपुलेक जाने बाटोको रुपमा रहेको छाङरु क्षेत्रमा बाटो निर्माणको लागि भारतीय सेनासँग सहकार्य गरेर विष्फोटक पदार्थ प्रयोग गरी काम गर्ने दुई मुलुकका सेनाबीचमा यस अघि नै भइसकेको जानकारी पनि दिए ।

    मन्त्री ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई मुलुक बीच रहँदै आएको घनिष्ठ, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप मजबुद बनाउने दिशामा योगदान पुगेको विश्वास व्यक्त गरे । उनले भने,‘आगामी दिनमा थप दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरु तथा वार्ता हुने र सम्बन्धलाई थप मजबुद बनाउने विश्वास मैले लिएको छु ।’

    परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री ज्ञवालीले कोभिड १९ को भ्याक्सिनबारे छलफल भएको जानाकारी दिए ।

    भारतमा कोरोना खोप लगाएका बिरामीमा देखिन थाल्यो साइड इफेक्ट

    भारतमा कोरोना भाइरस खोपको साइट इफेक्ट देखिन थालेको छ । शनिबारदेखि केही क्षेत्रमा दिन थालिएको खोपबाट साइट इफेक्ट देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी कोरोना खोप दिन थालेको २ दिनमा ४४७ जना बिरामीहरुमा साइड इफेक्ट देखिएको जनाएको छ ।

    केन्द्रीय स्वास्थ्य सचिव डा.मनोहर आगनानीका अनुसार धेरैजस्तो अवस्थामा यसको नकारात्मक असर सानो तहमा देखिएको छ । यद्यपि, खोप लगाएपछि कसैलाई अस्पतालमै भर्ना गर्नुपर्ने हुन्छ, यो केसलाई गम्भीर एएफआईमा रेकर्ड गरिएको छ ।

    उनका अनुसार खोप दिन लागिएको २ दिनमा त्यस्ता तीन मात्र घटनाहरु देखिए, जहाँ केही व्यक्तिलाई अस्पताल भर्ना गनुपरेको थियो । जसमध्ये एक व्यक्तिलाई उत्तर रेलवे अस्पतालमा भर्ना गरिएको छ भने अर्का एक बिरामीलाई उही समयमा दिल्लीस्थित एम्स अस्पतालबाट डिस्चार्ज गरिएको थियो । जबकी तेश्रो बिरामी एम्स रिसीकेस अस्पतालमा रहेका छन्, उनको पनि अवस्था राम्रो छ । भ्याक्सिनको साइड इफेक्टबारे उनले भने– ‘धेरैजसो मानिसहरुलाई हल्का ज्वरो आउने गरेको छ । त्यस्तै टाउको दुख्ने, चक्कर लाग्ने, पसिना आउने लक्षण पनि देखिएको छ ।’

    स्वास्थ्य सचिवका अनुसार पहिलो दिन २ लाख ७ हजार २ सय २९ जनालाई भ्याक्सिन लगाइएको छ । यो कुनै पनि देशमा पहिलो दिनमा दिइएको खोपहरुमध्ये धेरै संख्या हो । यस सन्दर्भमा भारत अमेरिका, बेलायत र फ्रान्सभन्दा पनि अघि देखिएको छ । पहिलो दिन आन्ध्र प्रदेश, बिहार, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक लगाय १५ राज्यमा खोप दिइएको थियो ।

    दोश्रो दिन भारतका ६ वटा राज्यमा खोप दिइएको छ । जसमध्ये आन्ध्र, अरुणाञ्चल, कर्नाटक, केरला, मणिपुर र तमिलनाडु रहेका छन् । आइतबार भने करिब १७ हजार व्यक्तिलाई खोप दिइएको छ । पहिलो चरणमा फ्रन्टलाइनका कामदारहरूलाई कोभिसिल्ट र कोभ्याक्सिनको पहिलो डोज दिइएको छ ।

    स्वास्थ्य सचिवका अनुसार दुई दिनमा २ लाख २४ हजार जनालाई खोप लगाइएको छ । भारतले पहिलो चरणको अभियान अन्तर्गत ३० करोड जनालाई खोप लगाउने योजना सार्वजनिक गरेको छ । यो खोप एक जनालाई दुई डोज दिने गरिन्छ । जसमा पहिलो र दोश्रो डोजको फरक २१ देखि २८ दिनको हुने जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया