• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेकपा नेता कञ्चनलाई तत्काल रिहा गर्न जनप्रगतिशिल मोर्चा कुवेतको माग, विज्ञप्तिसहित

    0.9K
    SHARES

    काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाली जनप्रगतिशिल मोर्चा, कुवेतले पार्टी नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई तत्काल रिहा गर्न माग गरेको छ ।

    मोर्चाका अध्यक्ष विकल्प र महासचिव सुरेशले शनिबार एक विज्ञप्ति जारी गर्दै ओली सरकारको उक्त कदमको कडा विरोध एवम् घोर भत्सर्ना गरेका छन् । साथै कञ्चनसहित गिरफ्तार परेका विवेक कुमाल र विशाललाई समेत तत्काल रिहा गर्न माग गरेका छन् ।

    ‘ पौष २९गत्ते दिउँसो३ बजे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय समिति सचिवालय कमरेड कञ्चनलाइ सामाजिक दलाल पुजिवादी केपी ओली सरकारले पार्टी काममा खटिएका बेला ललितपुरबाट गिरफ्तार गरेको छ। उहाँसङ्गै ब्यूरो सदस्य कमरेड विबेक र कमरेड विशाललाई पुलिसले गिरफ्तार गरेको छ। कञ्चन लगायत कमरेडहरुको गिरफ्तारिको नेपाली जन प्रगतिशील मोर्चा कुवेत कडा विरोध एवम् घोर भत्सर्ना गर्दछ।’ विज्ञप्तिमा उल्लेख छ ।

    राजनीतिक आस्थाकै आधारमा नेता कार्यकर्ता र समर्थहरुलाई गिरफ्तार गरेर ओली सरकारले निरङ्कुश तानाशाही एवम् फासिस्ट प्रवृति देखाएको विज्ञप्तिमा उल्लेख छ। साथै मोर्चाले यस खालको दमानका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी बुद्धिजिवि, पत्रकार र आम नागरिकलाई विशेष आग्रह समेत गरेको छ ।

    बिना कारण राजनीतिक आस्थाकै आधारमा गिरफ्तार गर्ने, यातना दिने, झुठ्ठा मुद्दामा फसाउने जस्ता निन्दनीय कार्य रोकेर गिरफ्तार सबैलाई विनासर्त रिहा गर्न र आस्थाका बन्दीहरु राजनीतिक व्यबहार गर्न मोर्चाले माग गरेको छ ।  साथै नेपाली जन प्रगतिशील मोर्चा कुवेतले नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको आन्दोलनका कार्यक्रममा नैतिक समर्थन पनि जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ