• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    दीपक मनाङेलाई वामदेव गौतमले फोन गरेर त्यस्तो के भने ? रहस्य थाहा पाएर ओली-प्रचण्ड समेत चकित

    637
    SHARES

    पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि वामदेव गौतमले पार्टी एकता अभियान चलाइरहेका छन् । गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङउर्फ दीपक मनाङे वामदेवको एकता अभियानतिर लागेका छन् ।

    गत साल असार ११ गते नेकपा प्रवेश गरेका मनाङेले पार्टीको आधारिक सदस्यता नलिएकाले आफू स्वतन्त्र नै रहने बताएका थिए । प्रदेश सभामा नेकपालाई दुई तिहाई पुर्‍याउन समर्थन गरेको तर अहिले आफू स्वतन्त्र प्रदेशसभ सदस्य भएको मनाङेको भनाइ थियो ।

    अब उनी वामदेवसँग नजिकिएका छन् । गौतमले फोन गरेर एकताको अभियानमा लाग्न आग्रह गरेको र त्यो चित्त बुझेको उनले बताए । ‘वामदेवजीले एउटा टिम बनाउनुभएको रहेछ । मलाई फोन गरेर केन्द्रीय सदस्यमा नाम राखें है भन्नुभयो,’ मनाङेले भने, ‘मैले नेताजी यो त राम्रो कुरा हो भनें ।’

    वामदेव निकट स्रोतले पनि मनाङेलाई एकता अभियानको केन्द्रीय समितिमा राखिएको बतायो । ओली समूहका मुख्यमन्त्री गुरुङको पक्षमा गण्डकी प्रदेशमा २६ सांसद छन् । उनलाई जनमोर्चाले साथ दिँदा २९ सदस्य पुग्छ ।

    नेकपा विभाजन भएको खण्डमा ६० सदस्यीय प्रदेश सभामा विश्वासको मत दिन मुख्यमन्त्री गुरुङलाई सांसद ३१ सांसद चाहिन्छ । गुरुङ स्वतन्त्र सांसदकै रुपमा कायम रहे उनले जुनसुकै पार्टीलाई पनि समर्थन गर्न सक्नेछन् ।

    प्रदेशमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा १३ जना, कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् । मनाङेलाई गौतमले फोन गरेर केन्द्रिय सदस्य बनाएपछि ओली-प्रचण्ड समेत चकित परेका छन् ।

    यता नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले पार्टीले कारवाही गरेका केपी ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित गतिविधि गरेको भन्दै ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

    साथै, महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित कामकारवाही गरेकाले उनलाई कारवाही गर्ने निर्णय गरेको नेता भीम रावलले बैठकपछि जानकारी दिए । त्यस्तै माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले १६ गते प्रदर्शन गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिए । नेकपाले संसद् विघटनविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।

    त्यस्तै बैठकले भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथाका बारेमा दिएको अभिव्यक्तिको विरोध लगायतका ५ वटा विशेष प्रस्ताव गरेको छ । त्यस्तै आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने पनि बैठकले निर्णय गरेको छ ।

    यता ओली सरकारले दुई तिहाइ बहुमतको सरकार चाहिएको भन्दै प्रतिनिधि सभा विघटनको सिफारिस गरेको खुलेको छ।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले विभिन्न कामहरू गर्दा अवरोध भएकाले संविधान संशोधनदेखि विभिन्न कुराहरूमा काम गर्न दुई तिहाइको सरकार चाहिएको तर्क गर्दै प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका हुन्। सरकारले दुई तिहाइको सरकार यी ८ कारणले गर्दा चाहिएको भन्दै उल्लेख गरेको छ।

    क) नेपालको संविधान तत्कालीन अवस्थाको सहमतिको दस्तावेज हो। राज्य सञ्चालनका कतिपय विषयहरूलाई संविधान कार्यान्वयनका अनुभवका आधारमा परिमार्जन गर्नका लागि र मुलुकको समग्र विकासलाई तीव्र गतिमा अघि बढाउन यस संविधानमा रहेका कतिपय प्रावधानहरू संशोधनयोग्य छन्।

    संशोधनका लागि विभिन्न राजनीतिक दलहरू समेतबाट पटक-पटक प्रस्तावहरू राखिएकै छन्। यस्तो अवस्थामा वर्तमान संविधानलाई अझ बढी समयानुकूल बनाउन संविधान संशोधन आवश्यक हुने र सोको लागि सत्तारूढ दलसँग दुई तिहाइ बहुमत नभएको हुँदा संघीय संसदमा एउटै दलको दुई तिहाइ बहुमत र त्यस्तो बहुमतको सरकार आवश्यक भएको।

    ख) विगतमा नेपालको आफ्नो भू-भाग रही विश्व मान्यता दिइसकेको र मित्र राष्ट्र भारतले समेत तत्कालीन अवस्थामा स्वीकार गरिसकेको तर निरंकुश पञ्चायती शासकको स्वार्थको कारणले मित्रराष्ट्र भारतले प्रयोग गरी आफ्नो नक्सामा थप गरेको नेपालको दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेतको भू-भागलाई यस सरकारले नेपालको नक्सामा समेटी तदअनुरूपको नक्सा प्रकाशन गरेको छ।

    सरकारको दृढ अठोट र अविचलित प्रयासबाट विगतमा असम्भवजस्तो ठानिएको आफ्नो भूमि प्राप्त गर्ने यो सर्वाधिक राष्ट्रिय महत्त्वको विषयमा अभूतपूर्व राष्ट्रिय एकता निर्माण गर्न सफलता मिलेको हो। संघीय संसदबाट पारित भएको यस विषयलाई कार्यान्वयन गर्नसमेत दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको।

    ग) नेपालको संविधानको धारा २७९ बमोजिम सन्धी वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थनका लागि दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको।

    घ) शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण र विकासका कार्यहरू दृढताका साथ अगाडि बढाइरहँदा सरकारका काममा लगातार व्यवधान खडा गर्ने र सरकारले काम गरेन भन्ने एकोहोरो दुष्प्रचार गरी सरकारलाई राष्ट्रहित र जनहितको कार्य गर्नमा अवरोध सिर्जना भएकोले राष्ट्रहित र जनहितको कार्यलाई निर्बाध ढङ्गले तीव्र गतिमा अगाडि बढाउन ताजा जनादेशसहित दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको।

    ङ) सरकारले अनुमोदनका लागि संसदसमक्ष प्रस्तुत गरेको दस्तावेज सरकारको पटक पटकको अनुरोधका बावजुद संसदको बैठकको कार्यसूचीमै नराखे र निर्णयार्थ प्रस्तुत नगर्नेसम्मको स्थिति प्रकट हुनुबाट अन्तर्राष्ट्रिय रूपमा मुलुकको साखमा प्रतिकूल असर पर्न गएको छ। तसर्थ, ताजा जनादेशसहितको प्रतिनिधि सभाका लागि निर्वाचनमा जान अत्यन्त आवश्यक भएको।

    च) कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अभूतपूर्व एकताका साथ सिंगै देश जुट्नुपर्ने विशेष समयमा जनतामा विभिन्न प्रकारका भ्रम फिँजाउन खोज्ने, अनावश्यक विषयहरूमा सरकारलाई अल्झाउन खोज्ने, विकास निर्माणका कार्यहरूमा समर्पित भई केन्द्रित हुन नदिने कार्यहरू भइरहेकाले बृहत्तर राष्ट्रिय हितमा समर्पित रही राष्ट्रिय समस्या समाधान गर्न केन्द्रित हुन दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको।

    छ) वर्तमान सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको साख व्यापक अभिवृद्धि गरेको र राष्ट्रहित तथा स्वाभिमानलाई उच्च पारेको अवस्थालाई यथावत् कायम राख्न तथा यसलाई संकुचित एवं अर्थहीन बनाउन भइरहेका प्रयासहरूलाई परास्त गर्न दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको।

    ज) विगत लामो समयसम्म रहेको पञ्चायती निरंकुश शासन व्यवस्थाको अवशेष अझै पनि सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमासमेत प्रकट हुने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ। साथै, सशस्त्र संघर्षको कारण जनतामा भएको निरासा तथा सशस्त्र संघर्षका बखत भएका कार्यहरू न्यायोचित र सहज तरिकाबाट निरूपण गर्न र शान्ति प्रक्रियालाई स्वच्छ र सर्वस्वीकार्य तवरबाट सफल पार्न दुई तिहाइ बहुमतको सरकार आवश्यक भएको।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ