• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    संयुक्त विज्ञप्ति निकाल्दै विप्लव र बैद्यसहित चार कम्युनिष्ट पार्टीले गरे कञ्चनकाे गिरफ्तारीको घोर भत्सर्ना

    2.1K
    SHARES

    काठमाडौँ । बिद्रोही नेकपा र क्रान्त्रिकारी माओवादीसहित ४ कम्युनिष्ट पार्टीले नेकपा प्रभावशाली नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’को गिरफ्तारीको घोर भर्त्सना गरेका छन् ।

    वर्तमान दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्न दीर्घकालीन रणनीतिक संयुक्त मोर्चा निर्माण गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले व्यक्तव्य जारी गर्दै केपी वली सरकारले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य कञ्चनलगायत अन्य तीनजनालाई गिरफ्तार गरेकोमा निन्दा र भत्सर्ना गरेका हुन् ।

    व्यक्तव्य भनिएको छ, ‘यही २०७७ साल पुस २९ गते नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य क. धर्मेन्द्र बास्तोलालगायत अन्य तीनजनालाई नेपाल सरकारले गिरफ्तार गरेको छ । भिन्न विचार राखेकै कारण गरिएको उहाँहरूको गिरफ्तारी वली सरकारको घोर निन्दनीय र फासिवादी कार्य हो ।’

    भिन्न विचार राखेकै कारण गरिएको उक्त गिरफ्तारी वली सरकारको घोर निन्दनीय र फासिवादी कार्य रहेको चार पार्टीका नेताहरूले जारी गरेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा नेकपा नेता बास्तोलालगायतको गिरफ्तारीको तीव्र विरोध गर्दै अविलम्ब र बिनासर्त रिहाइको माग गरिएको छ ।

    ‘हामी यस गिरफ्तारीको तीव्र विरोध तथा भत्र्सना गर्दै उहाँहरूको अविलम्ब र बिनासर्त रिहाइको माग गर्दछौँ । साथै उहाँहरूलगायत बन्दी जीवन बिताइरहनुभएका सम्पूर्ण राजबन्दीहरूको रिहाइका लागि दरो आवाज उठाउन हामी सम्पूर्ण वामपन्थी, प्रगतिशील, मानवअधिकारवादी, गणतन्त्रवादी तथा देशभक्त शक्ति एवम् व्यक्तित्वहरूलाई विशेष अनुरोध गर्दछौँ ।’ व्यक्तव्यमा भनिएको छ ।

    कञ्चनलाई प्रहरीले बुधाबर ललितपुर र मकवानपुरको सिमानाबाट गिरफ्तार गरेको थियो । यसअघि बिहिबारै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेता कञ्चनकाे गिरफ्तारीबिरुद्ध एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका कार्यक्रम घोषणा गरेका छन्।

    महासचिव विप्लवले सामाजिक दलाल पुँजीवादी केपी ओली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ संघर्षमा अगाडि बढ्न पार्टीपंति, समर्थक, शुभचिन्तक तथा श्रमिक जनतालाई निर्देशन पनि दिएका छन् ।

    सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर बिनाकारण नेता–कार्यकर्ता गिरफ्तार गरी झूट्टा मुद्दा लगाएपछि त्यसको चौतर्फी आलोचना पनि हुँदै आएको छ । ओलीले संसद् विघटन गरेपछि नेकपाले दलाल पुँजीवादको पतन भएको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिकारी शक्तिहरूसँग रणनीतिक संयुक्त मोर्चा निर्माण अभियान सञ्चालन गरेको छ ।

    देशमा एक पछि अर्को राजनीतिक संकट परेका बेला नयाँ परिस्थितिअनुसार फरक तरिकाले जाने योजनासहित पार्टीको आन्तरिक काममा लागेका उच्च तहका अर्का नेता गिरफ्तार परेपछि बिद्रोही नेकपा आक्रामक रुपमा अगाडी बढ्ने अनुमान राजनतिक विश्लेषकहरुले समेत गरेका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया


    आजको ट्रेन्डिङ