• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दाङमा शक्तिशाली वि’स्फोट- तीन जना घाइते, दुईको अवस्था गम्भीर

    1.4K
    SHARES

    घोराही । दाङमा चल्लालाई न्यानो बनाउनका लागि बालिएको ग्यास सिलिण्डर वि’स्फोट भई आगलागी हुँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वनकट्टाका ३५ वर्षीय लालबहादुर वली र उनकी ३३ वर्षीया श्रीमती गीता वली गम्भीर घाइते भएका हुन्।

    घाइते उनीहरूलाई दिउँसो दुई बजेपछि हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ। घटनामा १३ वर्षीय सिजन खड्का पनि घाइते भएका छन्। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचारपछि खड्का भने बेलुका डिस्चार्ज भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक भलक शर्माले जानकारी दिए

    वलीले पाँच सय चल्लालाई न्यानो पार्नका लागि भनेर ग्यास सिलिण्डर बालेका थिए। जाडोका कारण चल्ला नमरुन् भनेर उनले कोठा न्यानो बनाउन ग्यास सिलिण्डर बालेका थिए। ‘त्यो ग्यास सिलिण्डर रातभर बालेपछि धेरै हिट भएपछि वि’स्फोट भएर आगो लागेको रहेछ,’ शर्माले भने, ‘त्यही आगलागीबाट उहाँहरू पनि घाइते हुनुभएको छ।’

    आगलागीबाट वलीको गोठ पूरै जलेको, सबै चल्ला जलेर मरेको र घरमा समेत क्षति पुगेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए। बिहान ६ बजेतिर आगलागी भएको शर्माले बताए । आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ।

    उता राप्ती नदीमा डुबेर एक जना बेपत्ता भएका छन्। जिल्लाको राजपुर गाउँपालिका वडा नं. २ बेलाका २४ वर्षीय प्रदीप चौधरी बिहीबार दिउँसो नुहाउने क्रममा राप्तीमा बेपत्ता भएका हुन्।

    जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार उनी करिब १२ बजेतिर नुहाउन भनेर राप्ती नदीमा पसेका थिए। चौधरी बेपत्ता भएको खबरपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीले खोजी गरे पनि फेला पार्न नसकिएको एसपी चन्दले बताए।

    शुक्रबार बिहान पुनः ८ बजेपछि बेपत्ता चौधरीको खोजीका लागि नेपाली सेनासहितको टिम खटिने एसपी चन्दले जानकारी दिए। स्थानीयले बेपत्ता चौधरीले मदिरा सेवन गरेर नुहाउन भनी राप्तीमा पसेको बताएका छन्। प्रहरीले भने त्यसबारे केही बताएको छैन।

    त्यस्तै जिल्ला अदालतमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई हाल जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल आज बिहान दिक्तेल बजारस्थित आफ्नै कोठामा मृत फेला परेका हुन्।

    मृतक ढकाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित मोहन दुलालको घरमा दुई वर्षदेखि कोठा भाडामा लिएर बस्दै आएका थिए। बेलुकी खाना खाएर सञ्चै सुतेका ढकाल बिहान मृत भेटिएको घरबेटी दुलालले बताए।

    ‘मृतक ढकालको मुखबाट हल्का रगत बगेको देखिएको छ’, दुलालले भने, ‘आफ्नै कोठामा सुतेका मृतक ढकालको शव परीक्षण गर्नका लागि जिल्ला अस्पताल लगिएको छ।’ आफ्नै कोठामा मृत भेटिएका ढकालको अवस्था हेर्दा सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।

    ‘घटनाको अवस्था हेर्दा कुनै शङ्कास्पद अवस्था छैन’, उनले भने, ‘मृतकको शव परीक्षणमा लगिएकाले अरू मेडिकल रिपोर्ट आएपछि भन्न सकिन्छ।’ उता गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् ।

    जिल्लाको कालीगण्डकी गाउँपालिका-२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

    जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको डीएसपी पाण्डेले बताए ।

    घाइते हुनेहरुमा कालीगण्डकी गाँउपालिका–२ अर्बेनीका २५ वर्षीय (बेहुला) कृष्ण पाण्डे, ६० वर्षीय ओमप्रसाद पाण्डे, ५५ वर्षीय शोभाखर पाण्डे, ५० वर्षीय शिवलाल पाण्डे, १४ वर्षीया हिरा पाण्डे छन् । त्यस्तै गरी घाइते हुनेहरुमा ५ वर्षीय शिरिस पाण्डे, २८ वर्षीय गोबिन्द पाण्डे, २० वर्षीय नबिन पाण्डे, २४ वर्षीय हिमाल पाण्डे, १६ वर्षीय बिष्णु पाण्डे, २६ वर्षीया तुल्सा पाण्डे, ५५ वर्षीय खीमानन्द पाण्डे छन् ।

    जिप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ