• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    शिर्ष नेता गिरफ्तार परेको २४ घण्टा नबित्दै विप्लवले गरे यस्तो निर्णय, अब के गर्ला ओली सरकार ?

    2.3K
    SHARES

    काठमाडौँ । बिद्रोही नेपाल कमन्युष्ट पार्टी नेकपाका शिर्ष नेता गिरफ्तार परेको २४ घण्टा नबित्दै महासचिव विप्लवले कडा विज्ञप्ति जारी गरेका छन् । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले ओली सरकारको ज्यादति र दमनविरुद्ध माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीले आफ्ना केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध यही माघ १० गते नेपाल बन्द घोषणा गरेको हो ।

    नेकपाका महासचिव विप्लवले बिहीबार वक्तव्य जारी गर्दै सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न पार्टीपङ्क्ति र श्रमिक जनतालाई निर्देशन पनि दिएका छन् ।

    महासचिव विप्लवले ओली सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न पनि आग्रह गरेका छन् ।

    उनले राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य पनि स्पष्ट पारेका छन् । वली सरकारलाई चेतावनी दिँदै उनले वक्तव्यमा भनेका छन्, ‘केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।’

    महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल पुस २९ गते दिउँसो ३ बजे हाम्रो पार्टीका केन्द्रीय समिति सचिवालयका कमरेड कञ्चनलाई सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले पार्टी काममा खटिरहेको बेला ललितपुरबाट गिरफ्तार गरेको छ । उहाँसँगै ब्युरो सदस्य कमरेड विवेक र कमरेड विशाललाई पनि पुलिसले गिरफ्तार गरेको छ । सर्वप्रथमतः हामी कमरेड कञ्चनलगायत कमरेडहरूको गिरफ्तारीको कडा विरोध एवम् घोर भत्र्सना गर्दछौँ ।’

    जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नुले कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाएकाे विज्ञप्तिमा उल्लेख छ ।  साथै ओली सरकारको यो निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति भएको विप्लवले बताएका छन् ।

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । यो निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल गर्दछौँ । साथै हाम्रो पार्टीपङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौँ ।’

    उनले केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न आग्रह समेत गरेका छन्। राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने भन्दै विप्लवले यो कुरा बेलैमा बुझ्न ओली सरकारलाई चेतावनी दिएका छन् ।

    विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हामी केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न आग्रह गर्छौं । राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट गर्दछौँ । केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।’

    प्रहरीले नेता बाँस्सताेलाहित विवेक कुमाल र विश्वासलाई पनि गिरफ्तार गरेको जनाइएको छ । कोरोना सङ्क्रमणको महामारीपछि आक्रामक कारबाही स्थगन गरेर जनसेवामा तल्लीन रहेको नेकपाका नेता तथा कार्यकर्तामाथि ओली सरकारले धरपकड जारी राखेको छ ।

    यसरि नेकपा नेता कार्यकर्तामाथि धरपकड, गिरफ्तारी र खानतलासी गरेर ओली सरकार आफैले निर्माण गरेको संविधानकै धज्जी उडाउदै आएको छ । फरक आस्था राख्न र राजनीतिक गतिविधि गर्न पाउने मौलिक अधिकारसमेत कुल्चिएर ओलीले हदैसम्मको फासिवादी हर्कत प्रस्तुत गरेको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ ।

    यसअघि ओली सरकारले नेकपाका अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहित केन्द्रीय सदस्यहरू अनिल शर्मा विरही, भरत बम ‘रणवीर’, चूडामणि ओली ‘आदर्श’, ओमप्रकाश पुन, माइला लामालगायत सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा बन्दी बनाएको छ ।

    सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर बिनाकारण नेता–कार्यकर्ता गिरफ्तार गरी झूट्टा मुद्दा लगाएपछि त्यसको चौतर्फी आलोचना पनि हुँदै आएको छ । ओलीले संसद् विघटन गरेपछि नेकपाले दलाल पुँजीवादको पतन भएको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिकारी शक्तिहरूसँग रणनीतिक संयुक्त मोर्चा निर्माण अभियान सञ्चालन गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ