• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्पोरेट विजनेस

    अनामनगरमा खुल्यो भीआइपी स्तरको नेभर माईन्ड रेष्टुरेण्ट

    201
    SHARES

    काठमाडौं। काठमाडौंकोअनामनगरमा सुविधा सम्पन्न नेभर माईन्ड रेस्ट्रो नामक रेष्टुरेन्ट सञ्चालनमा आएको हो। रेष्टुरेन्टमा नेपाली खाना तथा फाष्ट फुडका पारखीहरुलाई लोकल स्वाद पस्किने रेष्टुरेन्टका सञ्चालक रमा शाहीले जानकारी दिएन्।

    भाटभटेनी सुपरमार्केटको गेटबाट लगभग ५० मिटर भित्र बाँया साईडमा १ करोड रुपैयाँभन्दा बढीको लगानीमा ८ भिआईपी क्याबिन र एकै पटक १५० जना अटाउन सक्ने सुविधासम्पन्न रेष्टुरेन्ट बार संचालनमा आएको हो।

    एकैसाथ करिब तीन सय जनालाई सेवा दिने गरी सञ्चालनमा आएको ‘नेभर माईन्ड रेस्ट्रो’मा नेपाली तथा कन्टिनेन्टलका ५० भन्दा बढी भेराइटीको स्वाद लिन पाइने शाहीले बताइन्।

    दुई तल्ले यो रेष्टुरेन्टभित्र मदिराका पारखीको लागी बेग्लै बार, पारिवारिक जमघटको लागी फ्यामिली क्याबिन र स–सानो समूहमा खानपिन गर्न आउने ग्राहकको लागी बेग्लै टेबलको व्यवस्था गरिएको छ।

    रेस्टुरेण्टमा एकै पटक १५० कार पार्किङ गर्न मिल्ने व्यवस्थासंगै भ्यालेट पार्किङ्गको पनि व्यवस्था छ। बारमा विश्व प्रशिद्ध स्कचहरु, ककटेल र मकटेलहरु उपलब्ध छन् । रेस्टुरेण्टको अर्को विशेषता भनेको ओपन किचेन पनि हो ।

    ओपन किचेन भएकाले रेष्टुरेण्ट प्रवेश गरेसंगै आउने ग्राहकले किचनको सबै दृश्य प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । स्टार होटलको फ्यामेली डिनर पार्टीको अनुभव कम पैसा तिरेर ए ग्रेडको रेष्टुरेण्टमा पनि लिन सकिन्छ भन्ने उद्देश्यका साथ रेष्टुरेण्टमा लगानी गरेको संचालक रमा शाहीले जानकारी दिएन्।

    अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी, अनुभवी र दक्ष मास्टर शेफ भएकाले रेष्टुरेन्टले सबै स्तरका ग्राहकको अपेक्षा पुरा गर्ने संचालको दाबी छ ।पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी प्रबन्ध मिलाइएको शाहीले जानकारी दिइन्।

    दिनभरीको काम, थकान र शहरको कोलाहलबाट दिक्क भई साँझको समयमा शान्त स्थानमा थकान मेटाउन र कालिजका विभिन्न परिकार र हैदरावादी दम विरियानी स्पेशल झानेको म.म. जस्ता नयाँ र फरक स्वादको मज्जा लिन चाहानेहरुलाई लक्षित गर्दै यो रेष्टुरेन्ट खुलेकोअति नै मिलनसार, लगनशील, ईमान्दार र निडर छबि बनाउन सफल युवा महिला संचालक रमा शाहीले जानकारी दिएन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ