• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    धर्मेन्द्र बाँस्तोलाको गिरफ्तारीबिरुद्ध गर्जिए विप्लव, १० गते नेपाल बन्द, बिज्ञप्तिसहित

    3.2K
    SHARES

    काठमाडौँ। बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई ओली सरकारको गृह प्रसाशनले गिरफ्तार परेपछि उक्त पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ। पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले बिहिबार नेता बास्तोलाको गिरफ्तारीबिरुद्ध एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका कार्यक्रम घोषणा गरेका छन्।

    महासचिव विप्लवले सामाजिक दलाल पुँजीवादी केपी ओली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ संघर्षमा अगाडि बढ्न पार्टीपंति, समर्थक, शुभचिन्तक तथा श्रमिक जनतालाई निर्देशन पनि दिएका छन् ।

    कोरोना संक्रमणपछि आफ्नो पार्टीले आक्रामक कारबाहीलाई रोकेर पार्टीका आन्तरिक भेला प्रशिक्षण र जन संगठनका काममा मात्र केन्द्रित रहेका बेला पनि आफ्ना पार्टीका सचिवालय सदस्यलाई गिरफ्तार गरेर ओली सरकारले आफ्नै सत्तामाथि थप संकट खडा गरेको प्रतिक्रिया दिएका छन्। उनले राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने बताएका छन्।

    विप्लवले ओली सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न पनि आग्रह गरेका छन् । उनले वली सरकारलाई चेतावनी दिँदै बिज्ञप्तिमा भनेका छन्, ‘केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।’

    उनले सरकारले आफ्ना नेता कार्यकर्तामाथि गरेको धरपकड र गिरफ्तारीको घोर भ्रत्सना गर्दै यस्ता कार्य पुनः दोहोरीए ओली सरकारले त्यसको ठुलै मूल्य चुकाउनुपर्ने बताएका छन्। पार्टी कामको शिलशिलामा रहेका नेता कार्यकर्ताको गिरफ्तारीले आफ्नो पार्टीलाई कमजोर बनाउने नभई थप शक्तिशाली बनाउने बताउदै बिप्लवले नेता कार्यकर्तालाइ थप सचेत र सतर्क रहन समेत निर्देशन दिएका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । यो निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल गर्दछौँ । साथै हाम्रो पार्टीपङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौँ ।’

    विप्लवले जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्ने, हिरासतमा निर्मम यातना दिने, जेल हाल्ने, लाखौँ धरौटी तोक्ने रबैयाले कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाएको बताएका छन्। उनले यो निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति भएकोले यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल गरेका छन्।

    ‘हामी केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न आग्रह गर्छौं । राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट गर्दछौँ । केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।’ विज्ञप्तिमा भनिएको छ ।

    बुधबार दिउसो प्रहरीले पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट गिरफ्तार गरेको थियो। यसअघि ओली सरकारले नेकपाका अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहित केन्द्रीय सदस्यहरू अनिल शर्मा विरही, भरत बम ‘रणवीर’, चूडामणि ओली ‘आदर्श’, ओमप्रकाश पुन, माइला लामालगायत सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा बन्दी बनाएको छ ।

    सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर बिनाकारण नेता–कार्यकर्ता गिरफ्तार गरी झूट्टा मुद्दा लगाएपछि त्यसको चौतर्फी आलोचना पनि हुँदै आएको छ । ओलीले संसद् विघटन गरेपछि नेकपाले दलाल पुँजीवादको पतन भएको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिकारी शक्तिहरूसँग रणनीतिक संयुक्त मोर्चा निर्माण अभियान सञ्चालन गरेको छ ।

    देशमा एक पछि अर्को राजनीतिक संकट परेका बेला नयाँ परिस्थितिअनुसार फरक तरिकाले जाने योजनासहित पार्टीको आन्तरिक काममा लागेका उच्च तहका अर्का नेता गिरफ्तार परेपछि बिद्रोही नेकपा आक्रामक रुपमा अगाडी बढ्ने अनुमान राजनतिक विश्लेषकहरुले समेत गरेका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया