• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    बिद्रोही नेकपाका नेता धर्मेन्द्र बाँस्तोला गिरफ्तार

    1.5K
    SHARES

    काठमाडौं । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरी गिरफ्तार गरेको छ । सो पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट बुधबार गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले नेता कञ्चनसहित प्रकाश शाही, विवेक कुमाल र विश्वासलाई पनि गिरफ्तार गरेको जनाइएको छ । कोरोना सङ्क्रमणको महामारीपछि आक्रामक कारबाही स्थगन गरेर जनसेवामा तल्लीन रहेको नेकपाका नेता तथा कार्यकर्तामाथि ओली सरकारले धरपकड जारी राखेको छ ।

    यसरि नेकपा नेता कार्यकर्तामाथि धरपकड, गिरफ्तारी र खानतलासी गरेर ओली सरकार आफैले निर्माण गरेको संविधानकै धज्जी उडाउदै आएको छ । फरक आस्था राख्न र राजनीतिक गतिविधि गर्न पाउने मौलिक अधिकारसमेत कुल्चिएर ओलीले हदैसम्मको फासिवादी हर्कत प्रस्तुत गरेको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ ।

    यसअघि ओली सरकारले नेकपाका अर्का सचिवालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनसहित केन्द्रीय सदस्यहरू अनिल शर्मा विरही, भरत बम ‘रणवीर’, चूडामणि ओली ‘आदर्श’, ओमप्रकाश पुन, माइला लामालगायत सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा बन्दी बनाएको छ ।

    सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर बिनाकारण नेता–कार्यकर्ता गिरफ्तार गरी झूट्टा मुद्दा लगाएपछि त्यसको चौतर्फी आलोचना पनि हुँदै आएको छ । ओलीले संसद् विघटन गरेपछि नेकपाले दलाल पुँजीवादको पतन भएको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिकारी शक्तिहरूसँग रणनीतिक संयुक्त मोर्चा निर्माण अभियान सञ्चालन गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ