• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओलीमाथि यसरी खनिइन अष्टलक्ष्मी शाक्य, गणतन्त्रमाथि हमला गरेको भन्दै दिइन यस्तो संज्ञा

    348
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्डमाधव समूहको नेता अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएकी छन् । प्रचण्डमाधव समूहको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै शाक्यले ओली तानाशाह भएको बातइन् ।

    शाक्यले आफूहरुले त्याग र आन्दोलन गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमाथि प्रधानमन्त्री ओलीले हमला गरेको भन्दै उनी अहिलेको तानाशाह भएको बताइन् । शाक्यले ओली समाजवादको विरुद्धमा उभिएको आरोप लगाइन् ।

    ओलीको प्रतिगमनविरुद्ध निर्णयक आन्दोलनमा सम्पूर्ण काठमाडौं जुरुक्क उठ्ने भन्दै उनले काठमाडौंका जनता तानाशाह र गणतन्त्रको विरोधीको साथमा नहुने दावी गरिन् ।

    प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहको कार्यकर्ता भेला कमलादीमा जारी छ । काठमाडौ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रमुख वक्ता छन् ।

    प्रदेशस्तरीय भेला तथा प्रशिक्षण चलाएको प्रचण्ड–माधव समूहले आज पनि कार्यकर्ता भेलालाई निरन्तरता दिएको हो । सो समूहले यसअघि ६ वटै प्रदेशमा प्रदेशस्तरीय भेला र प्रशिक्षण गरिसकेको छ।

    हिजो प्रचण्ड–माधव समूहले प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो । उता केपी ओली पक्षले पनि देशभर भेला तथा प्रशिक्षण दिने क्रम जारी राखेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ