• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रचण्डले ओलीलाई सोधे- भारतले भनेर संसद भंग गरेको हो ?

    329
    SHARES

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले भारतले भनेर संसद भंग गरेका हुन् भनेर जनताले बुझेको बताएका छन् । आफ्नो समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई विदेशीले मन्त्र सुनाएको बताए ।

    सारमा ओलीले नै भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु लागेको भनेर भनेको स्मरण गर्दै उनले भने, ‘हामीले हटाएनौं त्यतिबेला । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं ।’

    उनले अघि भने, ‘अनि उहाँले अहिले पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको सारा जनताले देखे बुझे । तपाईं यसलाई के भन्नुहुन्छ केपीजी । मैले भारतलाई अन्यथा भन्न खोजको होइन, तर केपीजीको त देखियो नि त । उहाँले कसलाई विशेष दूत भन्नुभयो, गुफ्तगु गर्नुभयो तीन घण्टा बालुवटारभित्रै ।’

    उनले प्रधानमन्त्रीको हालै भारतीय च्यानल द जी न्यूजमा प्रशारित अन्तर्वार्ता पनि नाटक भएको बताए । प्रचण्डले भनेका छन्, ‘त्यो नाटक हो भन्ने पटाक्षेप आज भइसक्यो । सगरमाथाको नाम फेर्ने र त्यही जीन्यूजले ।’

    प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन प्रधानमन्त्री ओलीलाई चुनौती दिएका छन् । प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गर्‍यो, काम गर्न दिएन भनेर दाबी गरेको भन्दै उनले भने, ‘केपी ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ?’

    बरु पार्टीले यसो गरौं भन्दा त्यसविपरीत चलेको उनको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे । प्रचण्डले अघि भने, ‘पार्टीका नेताहरुको विश्वास लिन किन सकिँन भनेर केपी ओलीले हेर्नु पर्दैन ?

    यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भएपनि उनका सामू नेताहरुको विश्वास लिने वा बहुमत सदस्यहरुलाई गो अहेड भनेर राजीनामा दिनुपर्ने उनले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ