• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    स्पोर्टस अवार्ड : करातेका मन्देकाजी वर्ष खेलाडी

    174
    SHARES

    काठमाडौं । कराते खेलाडी मन्देकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एनजेएफले आयोजना गरेको १७औं संस्करणको स्पोर्ट अवार्डमा कन्देकाजीले वर्ष खेलाडी पुरुषको अवार्ड जितेका हुन् ।

    उनले एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, गल्फका सुवास तामाङ र फुटबलका विकेश कुथुलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

    गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा मन्देले दुई स्वर्ण जितेका थिए । उनले सागमा एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् ।

    यस्तै आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत जितेका थिए । बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा कास्य पदक जितेका थिए । यस्तै नवौं थाइल्याण्ड ओपन च्याम्पियनसिपमा सिनियर कातामा रजत पदक जितेका थिए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ