• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    एट्लेटिको मड्रिडलाई ४ अंकको अग्रता

    129
    SHARES

    काठमाडौं । लिग लिडर एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा सेभियालाई पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।मंगलबार राति भएको खेलमा एट्लेटिकोले सेभियालाई २-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले दुवै हाफमा एक एक गोल गरेको थियो ।

    एट्लेटिकोलाई जित दिलाउन एन्जल कारेअ र सउल निगुएजले एक एक गोल गरे । खेलको १७ औं मिनेटमा कोरेअले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा सउलले गोल गर्दै टोलीलाई २-० को जित दिलाए । जितपछि एट्लेटिकोले शहरी प्रतिद्वन्दी रियल माथि ४ अंकको अग्रता बनाएको छ ।

    १६ खेलबाट एट्लेटिकोले ४१ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको १८ खेलबाट ३७ अंक रहेको छ । एट्लेटिकोले अझै २ खेल कम खेलेको छ । यस्तै बार्सिलोना १८ खेलबाट ३४ अंकसहित तेस्रो स्थानमा छ । १७ बाट ३० अंक रहेको सेभिया छैटौं स्थानमा रहेको छ । ला लिगाकै अर्को खेलमा ग्रानडाले ओसासुनालाई २-० ले हराएको छ ।

    यस्तै म्यानचेस्टर युनाइटेड इ प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पउल पोग्बाको निर्णायक गोल मद्दतमा मंगलबार राति भएको खेलमा बर्नलीलाई १-० गोलले पराजित गर्दै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो ।

    बर्नलीको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले दोस्रो हाफमा एक मात्र गोल गरे । उनले खेलको ७१ औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए ।

    जितपछि १७ खेलबाट ३६ अंक जोडेको युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले लिभरपुललाई ३ अंकले पछि पारेको हो । पराजित बर्नली १६ अंकका साथ १६औं स्थानमा रहेको छ । अर्को खेलमा सेफिल्ड युनाइटेडले न्युकासल युनाइटेडलाई १-० ले हराएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ