• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    विश्वमा एकैदिन १५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

    113
    SHARES

    काठमाडौँ ।  बितेको २४ घण्टामा सबैभन्दा धेरै १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएका छन् ।

    बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ४१६ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड १९ लाख ७६ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    सक्रिय संक्रमित २ करोड ४२ लाख ७ हजार ८८२ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

    अहिलेसम्म ६ करोड ५८ लाख ६८२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ४२५ पुगेको छ ।

    एकैदिन २ लाख १२ हजार ४०४ जना संक्रमित थपिएका छन् । अब अमेरिकामा संक्रमितको संख्या २ करोड ३३ लाख ५८ हजार ५०८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९१ लाख ५७ हजार ९१७ छ । २९ हजार २१६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

    दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको छ भने अहिलेसम्म १ लाख ५१ हजार ५४२ जनाको मृत्यु भएको छ । संक्रमित मूलुकको सूचीमा ४२ ‍औँ नम्बरमा रहेको नेपालमा संक्रमित संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । अहलेसम्म १ हजार ९३२ जनाले ज्यान गुमाएका छन् ।

    भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ । बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो । अहिलेसम्म भारतमा १ लाख ५१ हजार ५४२ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा १७८ संक्रमितको मृत्यु भएको छ ।

    अहिले २ लाख १६ हजार ३५६ मा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ८ हजार ९४४ को अवस्था गम्भीर छ । अहिलेसम्म भारतमा १ करोड १ लाख २६ हजार ९१३ ले कोरोनालाई जितेका छन् । संक्रमित मूलुकको सूचीमा भारत अमेरिकापछि दोस्रो नम्बरमा छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ